रङ बदल्न छेपाराहरूले अर्को मौसम पर्खिन्छन् ।
एक र दुई काँचुली फेरेर सर्पहरू पूरै बर्ष बिताइदिन्छन् ।
चिर निन्द्रामा भ्यागुताहरू पुरै हिउँद कटाइदिन्छन् ।
तर भैगो !
यस्ता सानातिना कुराहरू छाडौ ।
हामीलाई के को मतलब र !
हामी
छेपारा होइनौं ।
सर्प होइनौं ।
भ्यागुता पनि त होइनौँ ।
हामी त मान्छे पो हौं ।