विष्णुप्रसाद आचार्य “अतृप्त”
चन्द्रमा टेक्दैमा
धर्तीलाई नबिर्सनू
जसरी
आकाश छोए पनि हाँगाहरूले
जराले जमिन छाडेको हुँदैन,
जसरी
उड्नु अघि
गुड्नै पर्छ विमानले पनि,
जसरी
बेसी होचो भएकै कारण
शिखरको उचाइ अग्लो देखिएको हो
र
जसरी
धरहराको स्वाभिमान
हात्तीपाइलेले धानिदिएको छ ।
उचाइ चुम्नू
अग्लिदै जानू
तर
धर्तीलाई चटक्कै नबिर्सनू।
विदुर- ५, नुवाकोट
हाल: तारकेश्वर- २, काठमाडौँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला