स्वामी सुभाषचन्द्र

दुख्यो अङ्ग नै सबै, नढलेरै दुख्छ देश
सुन्यौँ देशको पुकार, नजलेरै दुख्छ देश
खायौँ खानसम्म, अटेसमटेस भयौ तिमी
भ्रष्ट तिम्रो भारले, नगलेरै दुख्छ देश ।

लुट्यो यता उता, खुम्चिदैछ सीमारेखा
चुप छौँ तिमी हामी, नचलेरै दुख्छ देश
कुर्सी प्यारो सधैँ, पेन्डुलम बन्यो विकास
भयो उजाड जगत, नफूलेरै दुख्छ देश ।