
मीनाक्षी मगर

मीनाक्षी मगर
आजको दिनमा सूर्यको उदय भयो
जूनको शीतलतामा जूनकीरीहरू
फनफनी नाची रहे
बतास हतारिँदै थियो
सरर पाल्पाको श्रीनगर डाँडा चिसाउन
अनि
ताराहरू बादलसँगै लुकामारी खेल्दै थिए
पानीका थोपाहरू
बर्सुँ ? या नबर्सुँ ? अन्योलमा थिए
तब उदय भयो मेरी जननी
साक्षात् देवीमाता पार्वती
पचासौं वसन्त पार गर्नु भए पनि
छालाले कान्लैकान्ला जोते पनि
ती रेखा अनि खाडलहरूमा
अझ पनि मिहिनेत र जाँगरको रुख
ठिङ्ग उभिएकै देख्छु म
पहेलो पटुकीमा खुसी बाँधिएकै देख्छु म
चौबन्धी चोलीको तुनामा माया गाठो परेकै देख्छु म
खुट्टाको कुर्कुचामा दुःख कुल्चिएकै देख्छु म
ओठमा खुसीले हरदम बयली खेलिरहोस्
कालान्तरसम्म भाग्यले साथ नछाडोस्
हजुरको जन्मदिनमा सयौं वर्षको शुभकामना आमा ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
