१. नयाँ पृथिवी
मेरो लागि
यो पृथ्वी पनि पुरानो भयो अब त
पूर्णिमामा चन्द्रको किरण पनि अँध्यारो लाग्छ
मलाई नयाँ पृथ्वी, नया चन्द्रमा र
नयाँ किरणको आवश्यकता छ
जसले मलाई नयाँ पथ देखाइलान्छ
मेरो पथ पनि पुरानो भयो अब त
मलाई नयाँ पथको
आवश्यकता छ ।
साथै,
पुरानो सूर्यका किरणमा
आफैँ भस्मीभूत भई
नयाँ पुरुष बनी
नयाँ पृथ्वीमा बाँच्न चाहन्छु म ।
२. मेरो सपना
आशाको उन्दछु माला रातभर लगाई
तर बिहान
चुँडिन्छ चुरनाचुर हुन्छ
छरिन्छ चारैतिर
कोही बटुल्ने कोसिस गर्छन्
कोही उन्ने
सबै बटुली उन्न खोज्ने म
आँखा भई अन्धो बन्छु
र, बटुल्न जाँदा
बिहान हुन्छ छर्लङ्गै
धिक्कार दिन्छु आफैँलाई
र, भन्छु मनभित्रै
यो त आशाका फूलले उनेको
सपनाको माला हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला