भीमको गजल
तिम्रो झूटो प्रेमको कहानीमा रोएँ
चोट खाएँ धेरै हर बिहानीमा रोएँ ।।
धिक्कारे सबैले जिन्दगी सहजै
तिरष्कृत मेरो यो जवानीमा रोए ।।

आँसुमा दुबेको दरौती यो मन मेरो
मुटु र धड्कनको सिरानीमा रोएँ ।।
ढुङ्गाको मन सँग दयाको भीख मागेँ
जलाई भाव सारा शेष खरानीमा रोए ।।