

राधिका कल्पित
म सत्तामा भएको बेला
सहोदर हुँ भन्दै नआऊ
म कृष्ण बनेको बेला
सुदामा हुँ भन्दै नआऊ ।
घरबार बसाएकी नगरवधूलाई
कोठीका कुरा कोट्याएर बिथोलेजस्तो
विवाहित प्रेमिकालाई
प्रेम-पत्र पठाएर गिजोलेजस्तो
मसँग पुरानो साइनो नलगाऊ
डाडु-पन्यु हातमा भएको बेला
भोक लाग्यो भन्दै नआऊ
म घोड-सवार भएको बेला
हार- गुहार गर्दै नआऊ ।
हो म मान्छु
हिजो खाइयो होला-एउटै गिलासमा रक्सी
तानियो होला-एउटै जुठो चुरोट
सुतियो होला-एउटै बिस्तरामा
गरियो होला-एउटै सिकारको भोग
उहिलेका कुरा खुइले, भयो ती कुरा नझिक ।
म अहिले `पावर´मा छु
कुरा बुझ न साथी
पालुङटारमा होइन
बालुवाटारमा छु ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
