सुरक्षा निरौला `कृति’
हिजो तिम्रो तराजुमा
प्रेम नगण्य थ्यो
आज जिन्दगीमा स्थान अमूल्य भन्छौ !
हुन त
यहाँ कदर मरेपछि नै हुन्छ
जीवित मुर्दालाई
धोकाभन्दा ठूलो खै के उपहार दिन्छौ?
बरु
सम्भव छ भने, पठाइदेऊ
केही पुष्पगुच्छाहरू
के थाहा नियतिको खेल
उत्सवको साक्षी
नभए पनि
शोकको साथी हुन सक्छन् !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला