राजु परियार
दसौं वर्ष, सयौं अप्ठ्यारा,
हजारौं अनिदा रात र लाखौं रुपैयाँ खर्चेर
प्राप्त गरेको सर्टिफिकेटको
बुतामा औसत जीवन जिउन
सिफारिस नपुगेपछि
रोजगारीको चक्करमा
दर्जनौं जुत्ता फटाएर
कलम थन्क्याई खाडीमा
नाडी बजार्ने भुइँमान्छेलाई
नसोध्नुस् देशको हालत
बोकाउनुस् पार्टीका झोला
बम बारुद अनि गोला
घोकाउनुस् सिर्फ समाजवादको परिभाषा
लम्पट लागेर हिँड्दैछौँ र तपाईंको जयजयकार हुन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला