नवीन ध्यार
सुस्केरामा कोल्टे फेर्दै बित्छन् यी प्रहरहरू
मन्दमन्द नमुस्कुराउँदै मर्छन् यी रहरहरू
कस्तो वैगुणी छ यो समयचक्र भन्ने पनि
पीपलसँग आत्मा नजोडिदै लड्छन् यी वरहरू
बाँचुञ्जेल छ ऐशआराम मरे सबै खरानी
आफ्ना भन्नेहरूले नै किन लुट्छन् आशभरहरू
तीव्र ताप, राप अनि चापमा परेपछि
आगोबिनै पनि गुम्सिएर जल्छन् यी खरहरू ।
जाजरकोट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला