Chovar Blues Mobile Size

यशोदा गिरी

यशोदा गिरी

म शब्द लेख्छु
शब्दमा यथार्थ बनाउँछौ
तस्बिर राख्छु
परिचयको लागि
तिमी सौन्दर्यको तारिफ गर्छौ
कसैले सकारात्मक सोचमा
कसैले नकारात्मक सोचमा
यो सामाजिक सञ्जाल
आफ्नै गतिमा
तिमी कसैलाई गाली गर्दा रमाउँछौ
त्यही गालीले तिम्रो परिचय दिन्छ
तिमीले सम्मान दिन्छौ
त्यही सम्मानले थप सम्मान दिलाउँछ
तिम्रो परिचय मनले महसुस गर्ने हो
चेतनाले विचार गर्ने हो
तिमी टाइसुटमा सजिऊ
या
दौरा सुरुवाल लगाएर नेपाली बाबु बन
तिमी ससुरालीको ज्वाइँ बन
या
दिदी बहिनीको इमान्दार
तिम्रो परिचय सामाजिक सञ्जालले चिनाउनेछ
तिमी आफैँ आफ्नो सम्मान आफैँले बनाउन सक्छौ
म त मात्र शब्द लेख्छु
पहिचानको तस्बिर राख्छु
शब्दमा आँखा परोस भनी
शब्द लेख्छु शब्दलाई बुझाउन
तस्बिर राख्छु ।

बागेश्वरी, चाँगुनारायण नगरपालिका ७, भक्तपुर