लब कुइँकेल
गल्ती
गल्ती नै हुन्छ
गल्तीलाई गल्तीले ढाक्नु हुँदैन
एकपटकको गल्ती मान्न सकिएला
दोहोरिएको गल्ती कदापि क्षम्य हुँदैन
सत्य
सत्य नै हुन्छ
सत्यलाई सबित गरिरहनु पर्दैन
केही समय सत्य दबाउन सकिएला
सधैं सत्यलाई डगाउन सकिँदै सकिँदैन
झुटो
झुटो नै हुन्छ
झुटोलाई झुटोले सिलाउन हुँदैन
फगत केही क्षण त रमाउन सकिएला
झुटकै आडमा महल ठड्याउन हुँदैन
बोली
बोली नै हुन्छ
बोलीलाई पेचिलो गोली बनाउन हुँदैन
बोलीको भरमा रिझाउन सकिएला
यसैको बलमा भरोसा टिकाउन हुँदै हुँदैन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला