बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरूप्रकाशनका लहरमा छन्। साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-१५ मा सक्रियबाछिटाकारहरू मधुसूदन घिमिरे,ऋषि बस्ताकोटी, प्रकाश साँपकोटा,एल.पी. पराजुली र कपिलकिशोर घिमिरेका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य अभियन्ता तथासर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरूसङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।
१. मधुसूदनप्रसाद घिमिरे
आकृति
आदर्श जगत्
संस्कृति
सत्कर्म
विमाश छाया
विधर्म
अवनी
मातृत्वमय
जननी
विचार
फूलको बास्ना
बहार
लालिमा
ढाकेको दम्भ
कालिमा
सम्पर्क
अँध्यारो छाया
वितर्क
बोलीको
चोट गहिरो
गोलीको
मातृत्व
मूल अनन्त
अस्तित्व
अँगालो
स्वच्छ सद्भाव
सँगालो
चलन
फुल्नु र झर्नु
जीवन
पुराण
परम्पराको
पाषाण
दु:खको
बोटमा फल
सुखको
मनुष्य
कलुष सोच
दनुष्य
~~<>~~
२. ऋषि बस्ताकोटी
पोखिए
वसन्त रूप
सौन्दर्य
बादल
बर्सेको पानी
जवानी
फुलेछ
बैसालु फूल
आँखामा
अल्झियो
मन मायाको
छायामा
धैर्यता
फुटेर आँसु
खहरे
मौसम
फेरिएपछि
थाहा भो
बादल
बुट्टाहरूमा
जीवनी
आकाश
खसेन झूट
खेतीको
मानियो
र त संसार
जानियो
कुल्चेर
धर्तीको धुलो
आकृति
वीरका
सन्तान बने
विकृत
बतास
पोल्दै आएछ
म जल्दा
~~<>~~
३. प्रकाश सापकोटा
आसमा
ढुङ्गा पहिलो
गाँसमा
भोगियो
बाढीमा बास
जोगियो
घरको
आफन्तसँगै
डर भो
जोडको
चोट बचन
ढोँडको
रेटिन्छ
बोलीमै छुरा
भेटिन्छ
सलक्क
यौवनवृक्ष
हलक्क
रूपियाँ
रै’छ आखिर
उपियाँ
पवित्र
छैन फूलझैं
चरित्र
फगत
जुका हो चुस्ने
रगत
प्रकृति
दोहन बाढी
विकृति
रिसको
आगो अदृश्य
भुसको
सगर
मनमा माया
बगर
~~<>~~
४. एल. पी. पराजुली
बाछिटा
साहित्य सुधा
बाटिका
शक्तिको
साधनामार्ग
भक्तिको
ओसको
आयु संक्षिप्त
जोसको
गगन
भावका द्युति
सघन
अक्षय
सृष्टिमा कृष्टि
विजय
सञ्जाल
भूलभूलैया
जञ्जाल
सत्कर्म
श्रमको शान
स्वधर्म
५. कपिल किशोर घिमिरे
यात्रामा
सुख सुदूर
जात्रामा
अहिंसा
सिनुभक्षण
अभिप्सा
कमाल
शिरको टोपी
हिमाल
लहरा
इच्छाको अग्लो
पहरा
बहिरो
ईर्ष्याको कालो
कुहिरो
चाहना
उच्च आकाश
कल्पना
सुन्दर
मन पवित्र
मन्दिर
प्रकृति
विनाश पैह्रो
विकृति
प्रबुद्ध
प्रज्ञान फल
बुद्धत्व
रतन्धो
सत्ताका स्याल
मदान्धो
मानव
कालो अहंले
दानव
अदृश्य
भावको मूल
सदृश्य
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।