साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

आँसु झर्छ कि आगो

Chovar Blues Mobile Size

 

म र मेरो छिमेकीे
एक अभिन्न मित्र जस्तो
नहुनु पनि कसरी ?
गाह्रोमा सम्झिन्छौं नजिककै छिमेकी
पर्दामर्दामा गुहार्छौं नजिककै छिमेकी ।

सँगसँगै बसेपछि
कहिले भूलबस सिमाना
यताउत ाभएको विषयलाई लिएर
कहिले अन्जानमा नानीहरू बीच भएको
झगडाको विषयलाई लिएर
कहिले गाईबस्तुहरू फुत्केर
साँधको बाली खाएको विषयलाई लिएर
छिमेकीहरू बीच ठाकठुक पर्नु सामान्य हो ।

तर यतिबेला नियत खराब राखेर
मेरा तल्लाघरे छिमेकीले
किन छाड्दैछ छाडा साँडेहरू मेरो बँगैचामा
र निमोट्दैछ कलिला फूलहरू
किन लाउँदैछ वक्रदृष्टि ममाथि
र चिर्थोदैछ मेरा सुस्ता र महेशपुर ।

हो एक असल छिमेकीको नाताले
मैले कयौं पटक उसका सुख्खा खेतकागह्राहरू
सिंचाइ दिएकै हँु मेरा हिमनदीहरूले
कयौं पटक उसका घरका चूलो नबले पछि
प्रोमिथसले झैं चोरेर दिएकै हँु आगो
कयौं पटक उसका घरमा अशान्तीे मडारिँदा
उडाइदिएकै हो एक जोडी सेतो परेवा
र बालिदिएकै हुँ शान्तिदीप ।

तर कस्तो बैगुनी ! मेरा गुनहरू जति बिर्सेर
मेरो इमान्दारितालाई कमजोरी ठानेर
नङग्रयाउँदैछ रे मेरो आँगन कालापानीलाई  ।

थाहा हुनुपर्ने हो उसलाई
अथवा थाहा नहुनपनि सक्छ
जतिबेला ऊ बबुरो थियो वा जन्मिएकै थिएन
१८१६मा नै मेरा हजुरबाले यो घरको चारसुर
उसका शासक ब्राडसालाई साक्षी राखेर बाँधेको हो
र त उभिएका छन् मेरा घरका सिमानाहरूमा जङ्गे पिलरहरू

म सोध्न चाहान्छु तिमीलाई
तिम्रो काश्मिर दुख्दा, तिमी दुख्छौ कि दुख्दैनौ ?
तिम्रो घर लुटिँदा, तिम्रो हातमा फूल हुन्छ कि तरबार ?
तिम्री आमा बलात्कृत हुँदा, तिम्रो आँखाबाट आँसु झर्छ कि आगो ?

खबरदार !
मलाई पनि उत्तिकै प्यारो छ
मेरो माटो
मेरो स्वाधिनता

मेरो मातृभूमि ।

 

प्रतिक्रिया
Loading...