बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ। बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ। बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ। बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ। बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ। बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ। बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ। बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ। बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्न सक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई

प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृति बिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माण सहित प्रवर्तन गरेका हुन्।

प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरूप्रकाशनका लहरमा छन्। साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-१५ मा सक्रिय बाछिटाकारहरू पुनम घिमिरे, सरस्वती श्रेष्ठ, लक्ष्मी बस्याल र गङ्गा लिगलका चार दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्। यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्। सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

पाँच दर्जन बाछिटा

 

१.पुनम घिमिरे

 

पुनम घिमिरे

देखेको
संसारी सत्य
लेखेको

 

रगत
मृत्रिका रस
फगत

 

आकार
कलाको रूप
साकार

 

ध्यानको
संप्राप्ति उच्च
ज्ञानको

 

रातमा
शीत परेली
पातमा

 

साथीको
माया हजारौँ
पाथीको

 

असत्य
भ्रमको खेती
सातत्य

 

सपनी
फूलको बास्ना
बिपनी

 

उदास
बगर जुनी
हतास

 

मुहार
हर्षको लाली
जुहार

तरेली
बाली बयेली
परेली

 

तक्दिर
फलित बृक्ष
तस्बिर

~~<>~~

 

२. सरस्वती श्रेष्ठ

 

सरस्वती श्रेष्ठ

सम्झना
अनन्त मूल
तिर्सना

 

चौतारी
छायाका छवि
दौंतरी

 

किसान
कर्मको ज्योति
सम्मान

 

गुराँस
प्रेममा धोका
पलाँस

 

कहानी
घाम र पानी
जवानी

 

गगन
शिरको शौर्य
लगन

 

आशमा
बहेको वायु
सासमा

 

धानको
भकारी पूर्ण
मानको

 

समय
सलल नदी
विनय

 

हिमाल
शिरको शान
झलल

 

प्रहर
उष्णतापूर्ण
रहर

 

अस्तित्व
निर्झर स्नेह
मातृत्व

~~<>~~

३. लक्ष्मी बस्याल

 

लक्ष्मी बस्याल

सहेली
अनन्त साथ
बयेली

 

प्रखर
प्रणय पुष्प
प्रहर

 

लालित्य
पूर्ण भावना
साहित्य

 

जीवन
पुष्पित जगत्
नन्दन

 

स्वार्थमा
हिलाम्मे मान्छे
व्यर्थमा

 

कर्मको
सग्लो विश्वास
धर्मको

 

हिमाल
अग्लेको माया
कमाल

 

पौरख
कर्मको फल
सौरभ

 

जीवन
भोको योग
कठिन

 

संसारी
जीवनरथ
सवारी

 

दसैँमा
हर्षको वर्षा
सबैमा

 

तिहार
मैत्री फूलको
बहार

~~<>~~

४. गङ्गा लिगल

 

गङ्गा लिगल

बिहानी
प्रेम उज्यालो
कहानी

 

अखण्ड
कर्मको सूर्य
प्रचण्ड

 

दिव्यता
सुवर्णमय
सभ्यता

विदेश
दु:खमा सुख
स्वदेश

जञ्जाल
माकुराजालो
सञ्जाल

स्वीकृति
साथ सुनौलो
संस्कृति

संसार
जीवन भोग
आधार