युमन खालिङ राई

मादल राेयाे       सारङ्गी राेयाे,    वनपाखा राेएर
बिनायाे    धुन     बासुरी   धुन  ,   केलाई    छाेएर
मुर्चुङ्गा ख्याली झ्याम्टा र झ्याली , याे हाम्राे संस्कृति
आँसुले भिज्याे     वियाेगी बन्याे ,   पाखा र प्रकृति
मारुनी हार् याे साेरठी घाटु द्याैडा र सेलाेमा
हाक्पारे पनि बसाइँ  सर्न,   लाग्याे रे मेलाेमा
खैजरी डम्फु    नगरा  झुर्मा,  इर्लुङ पिपिरी
भैरव चर्या   बालुन काैरा,  डफली डक्कारी
मुन्धुम चाैला   काहाल बाजा, झर्रा र सलहेस्
धानै र नाच    झिझियाँ चण्डी, हाेप्चा र मधेस
एकतारे बाजा तरवारे नाच, ढ्याङ्ग्राे र यलम्बर
राखेर मनमा पञ्च र बुद्ध,   मनैमा आडम्बर
तबला स्याब्रु चाँचरी थारु ,झिझियाँ मैथिली
मगर राेदी   लिम्बुकाे धान , मुन्धुम  किराँती
नेवारी लाखे बैशाखे मेचे,  भजन    क्षेत्रीकाे
सङ्गिनी नाच बाहुन क्षेत्री ,  गीता त्यै भित्रकाे
छन्दः असारे झ्याउरे