मृत्युशैय्या जली अस्तु बाँकी छ
तैपनि अस्तु नदिमा विसर्जित गर्न पाइएन
जीवनको अन्त्य भैसकेको छ
तैपनि मृत्युको उपाधि लिन पाइएन ।

मायाक़ो आभास हुनै बाँकी छ
तैपनि प्रेममा छैन भनेर भन्न पाइएन
आशामा किरण लाउनै बाँकी छ
तैपनि जीवनलाई निराशाको विकिरणबाट बचाउन पाइएन ।

मृत्युशैय्या जली अस्तु बाँकी छ
तैपनि अस्तु नदीमा विसर्जित गर्न पाइएन
जीवनको अन्त्य भैसकेको छ
तैपनि मृत्युको उपाधि लिन पाइएन ।

अग्निकुण्डमा होमिन बाँकी छ
तैपनी सारा देह र आत्मा नजली बस्न पाइएन
मृत्युशैय्या जली अस्तु बाँकी छ
तैपनि अस्तु नदीमा विसर्जित गर्न पाइएन ।

जीवनमा नवीनताको आभास हूनै बाँकी छ
तैपनि पुरातनको पछौटे हुनबाट बच्न सकिएन
जीवनमा प्रगति गर्नै बाँकी छ
तैपनि असफलताको प्रहारबाट बच्न सकिएन ।

मृत्युसैया जली अस्तु बाँकी छ
तैपनि अस्तु नदीमा विसर्जित गर्न पाइएन
जीवनको अन्त्य भैसकेको छ
तैपनि मृत्युको उपाधि लिन पाइएन ।