माता पिता चरणमा शीर यो झुकाई
विद्वान्हरू जति सबैसँग माझ आई।
पाऊँ भनेर कविता सहजै रचाई
सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।१
घोटी सदा कलम ती कविता कसीमा
बित्दै गए समय सिद्धि लिई असीम
नेपाल-कानन-विहङ्गम-ऋद्धिलाई
सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।२
बा सिद्धिका स्मरणमा कलमै चलाई
मा सिद्धिका चरणमा कविता चढाई
शब्दानली सुमन आज सबै फुलाई
सम्झन्छु नित्य युगका कवि सिद्धिलाई।।३
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
Scan गर्नुहोला
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)