

जनता र राष्ट्रको अभिभावक हो सरकार
समृद्धि र विकासको आधार बन्नुपर्छ
भ्रष्ट्रचारमा होइन
चर्याइरहेको कोरोनामा मलम बन्नुपर्छ ।
स्वास्थ्य सामाग्रीको खरिदमा घोटला गर्दै
बिरोधीप्रति आक्रोश पोख्ने होइन
बिरोधबाट गल्तीको पाठ सिक्दै
जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्छ ।
कोरोनाको उपचार नगर्ने अस्पतालहरूलाई
कानुन अनुसार कारवाही गर्नुपर्छ
बिरामीहरूलाई घर फर्काउने होइन
उनीहरूको बिरामलाई निको पार्नुपर्छ ।
कोरोनाले विश्व हल्लाइ रहेको बेला
कोरोनाको रोगीहरू ट्रेस गर्नुपर्छ
रोगीहरूको अपहेलना होइन
नेपाल सरकार उनीहरूको बाँच्ने आधार बन्नुपर्छ ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू