प्रशान्त प्रदिप खतिवडा
जिन्दगी जिउनेभन्दा जिन्दगी बाँच्नेहरुको भिडमा
भष्मको तिलक अनि
खरानीको टीका लगाइ
एक उन्मत्त जीवन
वर्तमानमा मग्न छ
यो पक्का छ;
भविष्यवादीहरूको उसलाइ विचरा भन्दिन्छन्।
आगोका लप्काहरूले …
दाउराको निर्धक्क समर्पणलाई दुःख सम्झिन्छ्न्
खरानीको ओजलाइ नियति सम्झिन्छन्
आफ्नो तापलाइ अस्तित्व सम्झिन्छन्
र यो पक्का बिर्सिन्छन्…
अरुबाट निर्मित हुनुको पीडा
दाउरा सकिदा आफैँ सकिनुको पीडा
अविराम भ्रमको पूर्णविरामको पीडा।
दर्शन बाहिर जिन्दगी देखिन्छ….
अस्थिर दौडझैँ निरन्तर
विस्मृत मनझैँ पतझड
अपरिकल्पित नश्वरता
र असहमतिपूर्ण अस्थिर समाधि ।
मात्र ….
बोधको विस्मयभित्र देखिन्छ …
जन्म
एक जीवन
एक उत्सव ।
प्रशान्त प्रदिप खतिवडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला