

मणिराम कडेल
मेरो झुपडी होइन खरले छाएको दरबार हो
चिना होइन मन मिलेर बसाएको घरबार हो।
कस्ले दियोस् मलाई प्रेमको स्पस्ट परिभाषा
सुन्छु अचेल पैसा नै अथाह प्रेमको भण्डार हो।
मार्नका निम्ति बन्दुक नै कहाँ चाहिन्छ र ! प्रिया
तिमी बोल्यौ बस् त्यही नै धारिलो तरबार हो।
बिक्छन् कलमहरू अलिकति सोमरस पिलाएपछि
सत्य ! सत्य जहाँ छुपाइन्छ त्यही अखबार हो।
हर दिन बढ्दो महँगी ,कष्टप्रद दुःखजिलो जीवन
अहो ! यही त नेताले जनतालाई दिएको उपहार हो।
बाग्लुङ



