शोभा खतिवडा

ऽऽऽ,।।ऽ, ।ऽ।, ।।ऽ, ऽऽ।,ऽऽ।,ऽ

 

शोभा खतिवडा

हाऽऽऽऽऽ
धर्तीको गहमा छ भव्य गहना
नेपाल हाम्रो धरा ।
यो भन्दा अरु सुन्दर भुवनमा
अर्को कुनै खै छ र?
मेरो राष्ट्र सुशान्त दिव्य धन हो
नेपाल भु स्वर्गको !
यस्तो सभ्य मुलुक जगत भर कतै
खोजी कता मिल्छ हो


हाऽऽऽऽऽ
शोभाको अति उच्च भाव रसिलो
यो देव धर्ती छ है !
आभाको शुभ स्वच्छ राग गतिलो
यो वेद जस्तो छ है !!
यस्तो पावन भूमिको हृदयमा
बास बसौ है भनी!
ईश्वरीहरु दाहिने बनी ऋचा
जपिरहन्छन अनी !!


हाऽऽऽऽऽ
हाम्रो देश हिमाल ,लेक ,छहरा
,खोला र छाङ्गाहरु!
राम्रो भेष पहाड देश झरना
डाँडा र पाखाहरू!!
थाङ्ग्रो शेष अपार टेक मनमा
भाका र नाताहरू !
आफ्नो ठेट प्रभाव भाव तिनमा
आशा भरोषा बरु!!

हा ऽऽऽऽऽऽ
आँखा खोल तिमी बिहान नभमा
हाँस्दै छ धर्ती सबै!
पाखामा शुभ अंशुले नयनको
भाषा दियो रापिदै
आभा भव्य छरी सुवास मनमा
छाडी अनौठो अति!
शोभा सभ्य दिई सुभाष तनमा
राखी दिलैमा कति !!

५ हाऽऽऽऽऽ
माटोमा पनि फूल फुल्छ सहजै
रोपौँ धरामा खुशी !
बाटोमा अनि मूल फुट्छ लहरै
खोपौ दरामा बसी !!
पाटोमा रमि बोट फल्छ कलिलै
छोपौ गरामा पनि
फाटोमा अनि रश्मि झर्छ सजिलै
बोकौँ परामा अनि

६हाऽऽऽऽ
मौलाई फल फूल जोश मनको
हाँसो बनेको मिठो
फैलाई बहदो सुवास जसरी
मानौ बतासै चिसो
शोभा हो शुभ यो अपूर्व पनको
हाँसो दिएरै पनि
पेवा हो भव यो सुशान्ति मनको
नाशो बनेरै रमि!!

७हाऽऽऽऽऽ
डाँडामा यसरी अगम्य लयमा
फुल्दै रमाई कन ।
हाँसेको सहजै सुरम्य वयमा
झुल्दै सजाई बन।।
बेलीचाँप मिठो सुवास छर्दै
हाँस्छन भूमिमा रमी
यो मात्री भूमिमा हजार दीप झैं
बालौ सॅधै म पनि

हाऽऽऽऽऽ
छोएको मनले हिमाल नभमा
मायाँ जगाई कन्
धोएको मनले पहाड तनमा
छायाँ सजाई झन्
यस्तो दिव्य छटा नेपाल भरको
पाइन्न है विश्वमा
कस्तो भव्य कला बनाई जगमा
जाइन्न है अन्तमा !!

हाऽऽऽऽऽ
यस्ता दीव्य छटा छहारीहरुको
धर्ती अपूर्व धरा!
माटोको महिमा अपार कति हो
यो देश हो सुन्दर
यो भाषा अनि भेष जातहरुको
माटो पवित्रै गऱ्हा!!
कैलाली अनि हेर धाम धरणी
नेपाल हाम्रो धर

१०

हाऽऽऽऽऽ
मेचीका जलमा नुहाइ मनको
मैलो पखालौँ सँधै!
कालीमा म पुगेर ढोगुँ धरणी
जोगाइ माटो सबै
यार्चाको बनमा हिमाल तनया
खोजेर हाँसी रहुँ
पाहाडी जनता तराइ मनका
खोजेर माटो बरु!!

. शुभा