सुरेन्द्र शाही

धर्म जुनसुकै मान्नुहोस् विरोध नगर्नुहोस्।
अर्ति उपदेश ठान्नुहोस् विरोध नगर्नुहोस्।।

जसको महिमा गाएर जानेछौं स्वर्ग हामी,
सत्यको ईश्वर छान्नुहोस् विरोध नगर्नुहोस्।।

कुन धर्म रोज्ने पापबाट छुटकारा पाउन,
उतैतिर मन तान्नुहोस् विरोध नगर्नुहोस्।।

मनुश्यकै हातमा छ स्वर्ग जाने कि त्यो नर्क,
भो अब आफैँले जान्नुहोस् विरोध नगर्नुहोस्।।

तन मरेपछि जसले आत्मा अमर बनाउँछ,
उस्कै साङ्लोमा नै बान्नुहोस् विरोध नगर्नुहोस्।।