भित्ताहरूमा समेटिएका छन्,
मेरा बाल्यकालहरू
चार कुने फ्रेमहरूभित्र ,
मेरै एकान्तताको कथा भनिरहेको छ,
ज्याकसन पोलोकले बनाएको एब्सट्रयाक चित्र ,
र यही भित्ताहरूमा ठोकिएर
मेरो कानसम्म पुगिरहेको छ
नारायणगोपालको सुमधुर पिडाहरू;
हो त पीडाहरू पनि मिठा हुन्छन् !
मेरो जिन्दगीको ,
बाटोहरू,
मोडहरू
र खण्ड-खण्ड यात्राहरू
कैद छन् यी भित्ताहरूमा
जस्तै मेरो मनमा कैद छन्
जिन्दगीका ,
पानाहरू,
शब्दहरू
र दोहोरीरहेका पुर्णविरामहरू !
र कट-कट गरेर
एकोहोरो आफ्नै तालमा फन्को मारिरहेको
पुरानो पङ्खा जसले सम्झाँउछ –
महिनाको पहिलो दिन – घरबेटीको अनुहार !
यस्तै यस्तै त कथा छ यो सहरमा सबैको !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला