साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कविताः म नेता हुँ

 

सम्बन्धित पोस्टहरु
ratna book ads

म नेता हुँ,
मलाइ चिन्न एकदम सजिलो छ,
बरु भिखारीले भिख माग्दा पनि
दुई हात जोड्दैन होला
तर
म जहिले
दुई हात जोडेर,
विनम्र भावमा प्रस्तुत हुन्छु
नसोच्नुहोला
मेरो दुई हातको नमस्कार मुद्रालाईं तपाईंप्रतिको आदर र सम्मान,
यो त मेरो बानी हो,नीति हो
भोट माग्ने,चोट दिने अनि नोट गन्ने।
म सबैलाई नमस्कार गर्छु
बच्चादेखि बुढासम्म
झ्यालदेखि मुढासम्म
बन्दुकदेखि खुँडासम्म
सपाङ्गदेखि अपाङ्गसम्म,
पागल भन्नुहोला
तर
बानी परिसक्यो
नमस्कार गर्ने,

तपाईंलाई चिन्दिन्नँ
तैपनि नमस्कार गर्छु,
यो मेरो विशेषता हो।

प्रतिक्रिया
Loading...