साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बाछिटा प्रकाशनमाला-१४

Chovar Blues Mobile Size

बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ। बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ। बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछि टा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

sagarmani mobile size

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ?  लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरूप्रकाशनका लहरमा छन्। साहित्य पोस्टको   “बाछिटा प्रकाशनमाला-१४ मा सक्रिय बाछिटाअभियन्ताहरू  जनार्दन अघिकारी धड्कन, डा. सदानन्द कँडेल, घनश्याम पौडेल, तारक धिताल, यज्ञलाल सुवेदीका  पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्। यसपछि अन्य अभियन्ता तथासर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरूसङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

 

पाँच दर्जन बाछिटा

१. जनार्दन अधिकारी ‘धडकन’

जिन्दगी

झरी तापमा

बन्धकी

कहानी

दीप्त जुनेली

जवानी

बुढ्यौली

साँझको घाम

उँधौली

भ्रष्टले

उजाडे देश

प्रष्टले

बाछिटा

सृजना रत्न

एउटा

अमर

बाछिटा यात्रा

समर

 

रोएको

झरीले पीडा

धोएको

सम्झना

सलल नदी

बिम्झना

धड्कन

जीवनमूल

चेतन

विदेश

काँडा र फूल

स्वदेश

रातमा

चाँदनी प्यारी

साथमा

एउटा

अमरगिरि

देउता

~~<<>>~~

२. डा. सदानन्द कडेल

दौतरी

दु:ख बिसौनी

चौतारी

सम्मान

सुरूमा गुरू

प्रणाम

पानीमा

पौडने धोको

नानीमा

आकृति

खम्बामा फोटा

विकृति

निकट

कृपाको बेलो

विकट

शासन

हमेसा चिन्ता

आसन

दोधार

यता न उता

त्यो धार

अभाव

फूलले पेट्ने

प्रभाव

अल्झाइ

धारै रित्तिने

बल्झाइ

कैङ्कर्य

मनुष्य यज्ञ

स्वीकार्य

आषाढ

हिलोमा दिल

प्रगाढ

दवाब

सेवाको भाव

अभाव

~~<<>>~~

३.घनश्याम पौडेल

उमङ्ग

दिलभित्रको

तरङ्ग

असिना

वर्षा श्रमको

पसिना

सक्कली

कर्मको फल

असुली

किनार

भत्काइ बग्ने

दोधार

साहित्य

प्रभाती सूर्य

लालित्य

रहर

छल्केर बग्ने

लहर

 

पोखरा

अप्सराजस्तै

सुन्दर

वसन्त

विहगयात्रा

अनन्त

गण्डकी

नदीको गति

जिन्दगी

जेठमा

पसिना बग्छ

ओठमा

कविता

बगिरहने

सविता

देशमा

जोगी एउटै

भेषमा

४.तारक धिताल

प्रबन्ध

स्वार्थ लुकेको

प्रबन्ध

डाहको

झटारो उल्टै

रडाको

साधक

ढोंगी बनेर

बाधक

करायो

इज्जत शून्य

हरायो

सपथ

छेकिएला त

त्यो पथ

मच्चेको

खाँबो हल्लेर

थच्चेको

फक्रेका

राताम्मे फूल

लत्रेका

 

खेलाडी

लयमा क्षय

पछाडि

चक्कर

सत्ताको खेल

धिक्कार

दूषित

हावाको धाप

त्रसित

तुवाँलो

चैतको हुरी

बियाँलो

मित्रको

कुरा बुझौँ है

भित्रको

~~<<>>~~

५.यज्ञलाल सुवेदी

अधैर्य

मनमा हुरी

प्राचुर्य

आभास

धरती रम्य

निवास

 

साधना

भोको उदर

सासना

सुवास

विहीन चोला

निराश

सिकारी

सत्तासुखका

भिखारी

आकास

समस्याबाट

निकास

 

चाहना

चन्चले चाल

बहाना

किरण

शीतमा टल्को

हिरण

संस्कृति

छाया विदेशी

विकृति

दाम्पत्य

घामछायाको

सामिप्य

कोरोना

अवरुद्ध भो

चाहना

आत्मीय

पूर्णिमा हर्ष

प्राचुर्य

~~<<>>~~

प्रतिक्रिया
Loading...