

मनिराम कडेल

मणिराम कडेल
मेरो झुपडी होइन खरले छाएको दरबार हो
चिना होइन मन मिलेर बसेको घरबार हो
कस्ले दियोस् मलाई प्रेमको स्पष्ट परिभाषा
सुन्छु अचेल पैसा नै अथाह प्रेमको भण्डार हो
मार्नका निम्ति बन्दुक नै कहाँ चाहिन्छ र! प्रिया
तिमी बोल्यौ बस् त्यही नै धारिलो तरबार हो
बिके कलमहरू अलिकति सोमरस पिलाएपछि
अहो ! सत्य, सत्य जहाँ छुपाइन्छ त्यही अखबार हो।
बागलुङ



