
ऋद्धिमा रिजाल
म एक नारी
न धर्तीकी हुँ न आकाशकी हुँ
आफ्नाले राख्दैनन्, पराईले स्वीकार्दैनन्
घर मेरो होइन, माइत मेरो भएन
न जलमा न जमिनमा न हावामा
मेरो अस्तित्व छ
न रहरहरूमा म रमाउन पाउँछु
न कर्तव्यहरूमा म अडिग रहन पाउँछु
न निर्णय मेरो
न बहिस्कार मेरो
म कहीँकी नभएर
म कसैकी नभएर
कतै नमिसिएर
म आफैँमा एक पूर्ण अस्तित्व हुँ
म केही नभएकै कारण
म सबथोक हुँ
यसैले
म नारी हुँ
केवल नारी ।
म्याग्दी
हाल : पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
