शारदा ज्ञवाली

आफैँले कुँदेको समाजमा
हेराइ तिमी र म माझमा
धर्ती र आकाशको बीच सरी
कसले नाप्छ र अन्तरको दुरी
जहाँ धेरै पटक समान लेखिन्छ
कालो रङले सेतो पानामा
अनि रङ्गीन चस्मा पहिरिन्छ
चारैतिर बदलिएको देखिन्छ
जब रङहीनमा पर्छ उज्यालो
हरेक चस्माको लेन्स बदलिन्छ
कन्केभ र कन्भेक्स आलोपालो
अनि चाहेकै आकृतिको परिवेश हेरिन्छ
र तिमी र म फेरि बराबरी देखिन्छ
अनि पटक-पटक समान लेखिन्छ
कालो रङले सेतो पानामा ।

बाझकटेरी, गुल्मी
हालः काठमाडौं।