करङ थिच्छन्
एक दुई तीन चार गन्छन्
दुख्छ बेस्सरी
रुन्छु धरधरी
मेरो रुवाईमा कति रम्छन्
कतिले दु :ख दर्द पीडा भुल्छन्
कति झुम्छन् , झुल्छन्
म झनै बेजोडले रुन्छु
बेतोडले रुन्छु
अलाप्दै
सारेगम पध निसा
यस्तै यस्तै——-
म रुँदा , म धुँदा
कसैलाई सुख शान्ति मिल्छ भने
मैलै दुख्नु पर्छ
मैलै रुनु पर्छ
अलाप्नु , बिलाप्नु पर्छ
सानि धप मगरेसा
यस्तै यस्तै——–
किनकि, म हार्मोनियम हुँ
म रुन्छु हँहँ हुँहुँ
बिर्सिएर पीडा दु:ख
म रोएरै दिन्छु संगीतको सुख ।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला