रामकृष्ण प्रजापति
पुर्खाले रगतपसिना बगाएर
कोरिएको देशको सिमानामा
प्रकृतिको उपहार पाएर
सुन्दर रमणीय दृष्य नेपालमा
जुगौंदेखि स्वर्गको टुक्रा भएर
अमेरिका पत्ता नलागेको बेलामा
नेपालमा ङातापोल बनाएर
वास्तुशास्त्रले स्थापना गरेको देशमा
कहिल्यै उपनिवेश नबनेर
फहरियो रातो झण्डा नेपालमा
अमेरिकालाई औंला ठड्याएर
शानका साथ ठडिएको नेपालमा
मातृभूमिलाई छियाछिया पारेर
आयो ध्वस्त पार्न देशमा
साम्राज्यवादको चास्नी एमसिसी बनेर
गर्न आएको छ नरसंहार नेपालमा
एमसिसी भित्र्याउने मुपात्र बनेर
बिउँझेर पनि निद्राको स्वाङमा
आँखा डुलाएर हेर
रगतले लेखिएको पुर्खाको इतिहासमा
कहिल्यै उपनिवेश नबनेर
स्वतन्त्रता र स्वाधीनतामा
तरवारको धार बनेर
मातृभूमि रक्षाको ढालमा
सत्तासीनहरू एमसिसीको बखान गरेर
जिउँदै मार्ने भयो नेपालमा
देशमा आगो लगाएर
ताप्ने भयो देशको खरानीमा
इण्डोप्यासिफिक सैनिक गठबन्धन बनेर
विस्तारवादले भित्र्याउने भयो नेपालमा
सिरिया, लिविया, इराक वा अफगानिस्तान ध्वस्त गरेर
साम्राज्यवादले मार्नु मार्यो ती देशहरूमा
धाँधलीको निहुँ बनाएर
निकारागुवा, तान्जनियाको चुनावमा
एमसिसी राजनीतिक हस्तक्षेप गरेर
घाना ट्रान्समिसन लाइनमा
तिब्बतमा दलाई लामा ल्याएर
झगडा लगाउन चीनमा
नेपाललाई स्प्रिङ्ग बोर्ड बनाएर
विकास र प्रगति रोक्न चीनमा
उत्तर कोरियाको विरोध गराएर
कब्जा गर्न हिन्द प्रशान्त महासागरमा
असंलग्नता र स्वतन्त्रता विपरीत गरेर
पञ्चशील सिद्धान्त विरुद्ध एमसिसीमा ।
लोभ नास्ति घ्यूकस्ति बनेर
डलर मिसिएको कालो मन एमसिसीमा
पिएरै ती पलहरू बिताएर
सँगालेका घाउहरू मेरो मुटुमा
मुटुलाई मायाको चिन्ह भनेर
मलम लगाउन मुटुको घाउमा
सक्छौ भने सबै नेपाली उठाएर
देशभक्तिको विचार बोकेर क्रान्तिमा
मस्तिष्कको आफलमा हराएर
विचारले अर्जापेका औजारहरूमा
सक्छौं भने खोजेर ल्याएर
भत्काऊ सिसमहलहरू एमसिसीमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।