
साताका सात कविता किन ?
आजको युग वैज्ञानिक युग हो । व्यस्त समयको युग हो । अध्ययन क्रममा थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने युग हो । साहित्य अध्ययनको भोक हुँदाहुँदै पनि लामालामा रचना अध्ययन गर्ने र त्यसमा डुबेर बस्ने समय सबैलाई नहुन सक्छ । तसर्थ यस्ता व्यक्तिहरू समयको सदुपयोग गर्दै थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने चाहना राख्छन् । थोरै समयमा वा थोरैमा धेरै बुझिने र अध्ययनपश्चात् सियोको टुप्पोले चस्स घोचेजस्तो वा आगोको झिल्कोले चस्स पोलेजस्तो हृदयमा एक किसिमको झड्का दिने वा तरङ्ग उत्पन्न गर्ने र प्रभाव छोड्ने हुनाले अचेल छोटा, छरिता फुटकर र ससाना वा सूक्ष्म स्वरूपका रचनाहरू सृजना हुनेगरेका छन् र यस्ता रचनाहरू लेखन र अध्ययनको केन्द्र पनि बन्दै गएका छन् । थोरै समयमा थोरै अध्ययनबाट धेरै ग्रहण गर्न सकिने हुनाले फुटकर \सुक्ष्म स्वरूपका काव्यिक उपविधाहरू प्रादुर्भाव भएका हुन् ।साहित्यपोस्टमा पहिलेदेखि नै यी र यस्तै प्रकृतिका अभियानहरु सन्चालनमै रहिरहँदा कवितालाई जागरण दिने अर्को एउटा प्रयास मात्रै हो ।
विश्वभरि छरिएर रहेका स्थापितदेखि गुमनामसम्म सबै नयाँ-पुराना सर्जकका सबै धार \विषय \ शैलीका उत्कृष्ट रचनालाई सम्मान गर्दै, उत्साह भर्दै एउटा काव्यिक जागरण गर्न सकियोस्।
यो अभियानमा हरेक मंगलबार सात जना फरक फरक कवि \ कवियत्रीहरूको फरक-फरक कविता क्लासिक थिममा स्केच पोएट्री बनेर आउने छन् । उत्कृष्ट कविताहरू पढ्नुहोस् र सेयर गरी अरुलाई पनि पढ्ने मौका दिनुहोस् ।
कविताहरू पढिरहौँ….लेखिरहौँ….र सिकिरहौँ ।
कविताहरू आफ्नो एउटा तस्बिर र ठेगानासहित [email protected] मा पठाउन सक्नुहुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

