पुष्पा खनाल
मैले बुझेदेखि
सम्बन्धको गहनता
आँगनका डिलहरूमा
प्रत्येक वर्ष
फुलाएकी छु वैजनी रङ
३६५ फन्को लगाइरहन्छ
भित्तेपात्रो
मेरा आँखाहरू दौडिरहन्छन्
ओहोरदोहोर
दोबाटो चौबाटो
सदियौँदेखि यस्तै चलिरहेछ
हावा छ ……
हुरी छ ……
पानी छ ……
म चुपचाप तिम्रो प्रतीक्षामा छु ।
यसपालि त
जसरी पनि तिमी आउनू
मेरो आँगनमा
मखमली फूलेपछि ।
इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला