सन्तोष राज भट्ट

सन्तोष राज भट्ट

कति उट्पट्याङ खुशीहरू
अनि कति शालिन दु:खहरू
मुस्कुराइरहेका ओठहरू
र रोइरहेका मनहरू

कतै रमाइरहेका मुहारहरू
अनि कतै रसाइरहेका नयनहरू
हिँडिरहेका पाइलाहरू
अनि पर्खिरहेका आँखाहरू

भोक मेटाउन हिँडेका माझीहरू
ज्यान बचाउन दगुरेका माछाहरू
अविरल बगेका नदीहरू
सधैँ प्यासा बगरहरू

भगवानले बनाएका मान्छेहरू
मान्छेले बनाएका भगवानहरू
भित्र पुजिने पत्थरहरू
बाहिर हेपिने मनुष्यहरू ।

महेन्द्रनगर, कंचनपुर