साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः बाहुनवाद

Chovar Blues Mobile Size

 

:प्रल्हाद ढकाल:

 

आफ्नै देशको घुस मिठो
स्वादिलो कमिसन
तलबमान अति न्यून होचो
गगनचुम्बी मेरा भवन ।।

प्रल्हाद ढकाल

छोरा-छोरी बिहे-दान गरिदिएँ
नाता-गोता नेता गण
शक्तिकै केन्द्रमा रिङी बस्ने
पुर्ख्यौली हाम्रो चलन ।।

मावली अख्तियारका हाकिम
सम्धी डिठ्ठा अदालतका
ससुराली प्रशासनका खम्बा
हामी चल्ता-पूर्जा मालपोतका ।।

sagarmani mobile size

‘हुँदैन’ ‘सकिन्न’ ‘मिल्दैन’
थेगो मेरा मुखैभरि
कमजोर कनिष्ट निमुखा
अत्तालिन्छन् मेरा वरिपरि ।।

पत्रकारलाई मासिक पुँन्की
दशैँ-तिहार थप नगद
युनियनमा बलियो दखल
सुरक्षित मेरा जगत ।।

राष्ट्रको अति लाग्दछ माया
प्रेम मन-मुटुभरि
राष्ट्रवादीकै पक्षमा मत गरेँ
चन्दादान गरेँ घरि-घरि ।।

प्रतिक्रिया
Loading...