उत्तम भौकाजी

कहिलेकाहीँ
समय
हुरीजस्तै लाग्छ

उड्ने रहरमा
उड्दाउड्दै
हावामै सकिन्छ ।

कहिलेकाहीँ
समय
नदीजस्तै लाग्छ

पौडिने रहरमा
बग्दाबग्दै
वारि र पारि
किनारामै सकिन्छ ।

जाबो हामी
मनुवा
पकृतिको खेल हेर्दाहेर्दै
रमाइलो मान्दामान्दै
ठट्टैठट्टामा
आयु नै सकिन्छ ।

र पनि
जीवनको गीत सकिँदैन
गाइनैरहन्छन्
अर्को पुस्ताले
जबसम्म उसको गीत
पुराना हुँदैनन्
गाइनैरहन्छन् ।