
सुशील नेपाल
चन्द्रवदन, तिमीले मास्क लगाउन था
तर तिम्रो त्यो छोपिएको अनुहा
ममा एउटा कौतुहलता जन्माएको छ,
तिम्रो मुस्कान मोनालिसाको भन्दा कम छैन होला
भन्ने मलाइ अझै लाग्छ,
यो कुरा म बार-बार सोच्ने गर्थेँ
त्यो मास्कले बरबाद गरिदियो,
यो माहामारीको त्रासदी,
र तिम्रो ओठको कामुकता,
मलाइ एउटा कायलप्रेमी हुनबाट
हो चन्द्रवदन ,
तिम्रो त्यो ओठमा अटाएको अमृ
एउटा जाबो मास्कको टालोले,
छेकिदियो,
जब यो महामारीपछि हठात् तिमीले
हटाउँली तिम्रो मुस्कानको बबन्डर र
अमृतको बाढीले बगाएर,
म अदनालाई कहाँ पुऱ्याउने होला
मलाई डर लागिरहेको छ,
एकाएक जब तिमी मेरो सामु परौली,
म के गरुँला ?
मेरो कौतुहलले मलाई प्रश्न गर्ला,
कस्तो होला चन्द्रवदनको ओठबाट,
हठात् बग्ने अमृतधाराको भेल ?
पर्ख, यो दुई बर्से महामारीको अ
तिमी हठात् मेरो अगाडि ,
नआउनू,
चन्द्रवदन,
मलाई समय चाहिन्छ,
मैले आफैँलाई तयार गर्नुपर्छ,
तिम्रो ओठबाट चुहिने
मधुलाई पाउने स्वप्निल चाहानाको
मन्जुर गरेको छु,
चन्द्रवदन,
तिम्रो त्यो मास्कविहीन अनुहार
र मेरो कौतुहलताले मलाई,
एउटा पागलप्रेमी नबनाई
छाड्ला के ?
पर्ख, यो महामारी
सकिन देऊ !
८/१७/२१
राजमित्र प्राङ्गण,
माल्डेन, बोस्टन
अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२४ मंसिर २०८२, बुधबार 









