आर्यघाटमा चिरेका सपनाहरू
आज बुन्दै थिई त्यो महिला
समाजको आकारबाट विस्मृत
थिई ती कोपिला !

सेतो पहिरनले छोपेको तन
तर रातोले रक्ताम्य मन
सोचहरुको साम्राज्यबाट
पर भाग्दै थियो उस्को वचन !

हारेको कङ्काल र माटोझैँ शरीर
त्यसै झुक्दैनन् उस्को अठोटिलो रहर
चाहे वसन्त होस् या कुनै मीठो शिरीष
उस्को सपनाहरूको हुनेछ,  इति श्री!!