साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विद्रोही

कविता

विद्रोही हुनु मेरो रोजाई होइन
हुन्छु म त्यहाँ त्यहाँ जहाँ न्याय छैन
लामघारे मूर्कटहरु जब जब
अलकत्रा पोतिएका अनुहार छोपेर
चाप्लुसीका वैसाखी टेकेर, टिकिर टिकिर
स्वार्थ र पदलिप्साका लडाईंमा अच्यूत हुँदै
तुच्छताका सगरमाथाहरु चढ्छन्
हावाका महलहरु कोर्छन्

तब छियाछिया स्वच्छ, पवित्र मन भन्छ
हारजीत कसैको होइन
मरी लाने यो चोला अजम्बरी कोही छैन
धौ पला भोलि हम्मेहम्मे त्यो पापको भारी
त्यसैले ज्ञानी शिवलाई हेर्छन्, सत्यलाई हेर्छन्
बेलैमा बुझी त्यो कालो मन अनि अनुहार फेर्छन्

सगरमाथा, चन्द्र, पृथ्वी र सूर्य
निष्कपट निश्चल हर्लक्क हुर्कने पालुवा
दिन्छन् जब प्रस्ट तिम्रो आकृति
सोसी गुन सबै
नओकल निचता नबनाऊ फेरी फेरी त्यही
अमृत पिई विषाक्त निकाल्ने सर्प तिम्रो परिचय
सक्छौ गर मानव उपर सेवा कदापि शासन होइन
आत्मसम्मान बाँड, सहअस्तित्व जगाऊ किनकि म अज्ञानी छैन।

 

प्रतिक्रिया
Loading...