

मुरारीराज मिश्र
देवता कस्ता हुन्छन् ?
खै, मैले देखेको छैन
देवता आजसम्म !
तर लाग्छ मलाई
उनी मेरी आमाजस्तै होलान्
मलाई चोट लाग्दा रुने
म रुँदा फकाउने
नराम्रै भए तापनि मेरा अनुहारलाई
संसारकै सुन्दर ठान्ने,
चुहिने झुपडीमा बस्ने मलाई
राजा भनेर बोलाउने !
देवता सर्वज्ञानी हुन्छन् रे !
सायद मेरी आमाजस्तै होलान् !
मैले बोल्न नजान्दा पनि
मेरा मनका कुरा बुझ्ने
मलाई भोक लागेको
पीडा भएको
र मेरा हरेक आवश्यकता
मैले नभन्दा पनि बुझ्ने !!
उमामहेश्वर मार्ग, कुमारीगाल ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
