कोरोना भाइरस
कैंयन वर्षसम्म लुकेर हिँडिरहेको ऊ
अचानक उत्रियो सांघातिक हमलामा
मान्छेलाई सिकाउँदैंछ
आफ्नो हैसियत
पातभन्दा कमजोर छ
आजसम्मको प्रगति ।
बिहान
ताराहरू टिप्दैं टिप्दैं
ओर्लिएको हुँ
धर्तीको आँगनसम्म
सपनाहरू पछ्याउँदै हिँड्दा
विपनाको पहिलो पाइला पो बनेछु ।
सम्झना
बोलाएर मलाई
मीठो कुट्यौं यसरी
अब हिँड्नु छ
अविरल यात्रा
तिम्रो नाम जप्दैं ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला