
१.
नारा मात्र हैन गरिबी निवारण विश्वबाटै हटाऊँ
सरकारको मुख ताकेर हुन्न मिलेर दुख घटाऊँ।
२.
भोका नाङ्गाका समस्याहरू महलले कसरी देखोस्
जन्मिन नपाई थाप्लोमा ऋण बिचरा कसरी छेकोस्।
३.
आफ्नै देशमा स्वरोजगार र आय बढाऊँ
अबुझ भयो सरकार केही पाठ पढाऊँ ।
४.
गरिबी निवारणमा बजेट धेरै गयो
सप्रिय ती संस्थाहरू गरिब उस्तै रह्यो ।
५.
धनी र गरिबबीच खाल्डो पुर्ने कस्ले होला
कसैको दिन समा बित्दा कोही भोकै रोला।
ताराप्रसाद चापागाई
युएई



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७८ कार्तिक ४ ११:२६
२६ कार्तिक २०८२, बुधबार 








