विष्णु खरेल

विष्णु खरेल

ल्यावस उल्लास उमङ्ग यो चाडले सबैको घर आँगनमा।
प्रज्वलित दीपले हटावस तुवालो अध्यारो त्यो कुनामा।

मनाऔँ यो चाड एकभै बन्धु- बान्धव अनि पराई जनमा।
रीस-राग, द्वेष-कलह नराखी रत्तिभर पनि मनमा।

भुलेर घृणा र कलहको बालौँ खुशीको त्यो ज्योति।
अन्तरंग भित्रि मनको, खोजौ त्यो चम्किलो मोती।

मनाऔँ चाड फरक ढंगमा सुरुवात नयाँ थालौँ।
ईर्ष्या र जलन गरेर होइन, मनको बत्ति बालौँ।

सजाऔँ सप्तरंगी इन्द्रेणी, मनको त्यो संघारमा ।
हटाई बादल अहंकारको ल्याऔँ खुसी मुहारमा।

जग्मगाऔँ जगत्मा अन्धकार छेडी दियोको ज्योति सरी ।
सद्भाव, बन्धुत्व,आत्मसात मनको चंगै उडे सरी ।

बनोस् नयाँ आयाम यो वर्ष हर्षोउल्लास होस् मन ।
मनोरम छटा देखेर प्रकृतिको, नाचून् मयुर रन-वन।

छाओस् खुशी, सु-स्वास्थ्य, दिर्घायू समस्त नेपाली जनमा।
दसैँ, तिहार, छठ, नेपाली सम्बत् सबै सबैको शुभकामना ।

भर्जिनिया, अमेरिका