साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

दसैँ अवसरमा “टुक्का लेखन अभ्यास श्रृङ्खला-२३” सम्पन्न

असोज २८ काठमाडौँ, विशेष अवसरहरूमा टुक्का कविताको अभ्यास श्रृङ्खलाहरू सञ्चालन गर्दै आएको टुक्का साहित्य समाज, काठमाडौँले बडा दसैँको विशेष अवसरमा २०७८ असोज २७ गते “टुक्का लेखन अभ्यास श्रृङ्खला-२३” सम्पन्न गरेको छ।

“टुक्का” दुई हरफमा अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा नै पूर्ण हुने गरी लेखिने नेपाली मौलिक प्रयोगवादी लघुत्तम कविता विधाको रुपमा छोटो समयमा धेरै सर्जक तथा पाठकहरूको मनमा बस्न सफल भएको छ।

समाजकी सचिव विमुन्स पौडेलको संयोजकत्वमा सञ्चालन भएको उक्त श्रृङ्खलामा टुक्काका परिकल्पनाकार तथा टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले सह-संयोजकको भूमिका निभाउनु भएको थियो । “दसैँ” विषयमा टुक्का लेखन भएको उक्त श्रृङ्खलामा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ९३ नेपालीभाषी सर्जकहरूले दसैँ, नवरात्री तथा विजया दशमीसम्बन्धी आफ्न मनोहर टुक्काहरू सिर्जना गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष चापागाईं तथा सचिव पौडेलले सक्रिय सहभागिताका लागि सम्पूर्ण सर्जकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुका साथै असत्य माथि सत्यको विजय भएको खुसीयालीमा मनाइने हिन्दुहरूको महान् चाड विजया दशमीको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव र सम्वृद्धिको लागि नवदुर्गा भवानीबाट ऊर्जा प्राप्त होस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गर्नु भएको थियो ।

अभ्यासको क्रममा सङ्कलन गरिएका उत्कृष्ट टुक्काहरू

@ १
१.
दसैँ महान् चाड हो र गर्व गर्दछौँ कति,
नहोस् निसान दुःखको मिलोस् सदा खुशी जति।
२.
विदेशबाट पाहुना स्वदेश आज फर्किए,
दसैँ तिहारको खुशी सुटुक्क हेर अर्पिए।
✍️ विमुन्स पौडेल

@ २
१.
घरघरमा दसैँ आएर हर्सोल्लास छायो,
मोजमस्ती खुसी कोही कोहीलाई रिन लायो।
२.
तडक भडक छोडी चाड मनाऊँ,
घाँटी हेरी हाड निल्न सक्ने बनाऊँ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी

@ ३
१.
दसैँ तिहार आउँछ परदेशीको मन रुवाउँछ,
गाउँ घर सम्झीएर बग्छ आँसु मुहार धुवाउँछ।
२.
दसैँ तिहार आउछ जान्छ दीन दशा कसैलाई नलागोस्,
चामलको टिका लगाइन्छ त्यो झर्छ भाग्य कसैको नझरोस्।
✍️ रिना योल्मो, दार्जीलिङ्ग

@ ४
१.
भेटघाट भै अग्रजबाट आशीर्वाद पाउँने दिन,
यस्तो अप्राप्य चाडपर्व वर्षमा आउँछ एक छिन।
२.
हाँसी खेली रमाइ चाड पर्व सधैँ मनाउने गरौँ,
जति टाढा भएपनि दसैँमा गाउँघर तिरै झरौँ।
✍️ धनुष न्यौपाने
गुठीचोर गाउँपालिका ०४
बिगारे जुम्ला

@ ५
१.
दसैँ यो बनोस् उल्लासपूर्ण सबैका लागि,
परदेश गएका घर आउन् चाँडै भागी ।
२.
घरमा ल्याओस् खुशी र उमंग यो दसैँले,
रुनु नपरोस् ऋण लागी नेपाली कसैले ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास

@ ६
१.
दसैँ गरीवको दसा धनीको नशा नबनोस्,
टीकाको भोलि पल्ट साहुले खोइरो नखनोस्।
२.
सबैले आफ्नो धर्म संस्कृतिलाई मनाऊँ,
तडक भडक छोडी आफ्नो पर्व जनाऊँ।
✍️ सरस्वती श्रेष्ठ, इटहरी

@ ७
१.
चारैतिर रमाएर दसैँ आयो भन्छन्,
झुपडीमा बालबच्चा औला मात्र गन्छन्।
२.
कोरोनाले अर्थतन्त्र डामाडोल भाछ,
भन्छन् सबै गाउँ तिर बडादशै आछ।
✍️ सीता ढुङ्गाना काफ्ले
सिद्धार्थ साहित्य परिषद भैरहवा

@ ८

यसपालीको दसैँ कहीँ दशा नबनोस्
थप्लो माथि रिन थपी पीडा नगनोस्।

देशमा दिगो शान्ति कायम रहोस्,
सबै तिर हर्सोल्लासमय बनोस्।
✍️ रश्मि रिमाल, झापा

@ ९

स-साना बालबालिकाहरूलाई लागे छ गर्व,
गाउँ घरतिर आएको छ दसैँको चाडपर्व।

मिठो मसिनो जे छ त्यहीँ खाएर चाडपर्व मनाउने गराैँ,
विदेश भए दाजुभाइ दिदिबहिनी दसैँमा आफ्नै घर झराैँ।
✍️सहयात्री शोभा अर्याल
रुपन्देही १४ बुटवल

@ १०

सम्पूर्ण टुक्काकारमा हार्दिक शुभकामना दसैँ बनोस् राम्रो,
परम्परा देखि चल्दै आएको धर्म संस्कृतिको नेपाल हाम्रो ।

हर्ष र उल्लास गरेर दशैं मनाउने कल्पना,
बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।
✍️ भगवती दवाडी ,दमक, झापा

@ ११
१.
माताको कृपाले सर्वत्र सात्विक भाव जागोस्,
हत्या,हिंसा अनि काटमारको भावना भागोस्।
२.
दसैँ सयपत्री फूलको सुगन्ध जस्तै बनोस्,
मखमलीको सुन्दरता झैँ तिहार भो भनोस्।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग।

@ १२
१.
लाहुरे दाइ नि घर आए ओरालीमा झर्दै
रोटे पिङ र लिङ्गे पिङमा चचहुई गर्दै ।
२.
गाउँ घरमा नै रमाइलो हरियाली दसैँ,
अर्को साल हामीपनि गाउँ मै जाऊँ बा कसै।
✍️ मन्दिरा सेढाई
धादिङ, मलेखु

@ १३
१.
कतै हाँसो खुशी छाएको, कतै धेरै दुःख पाएको,
दसैँको समय छ यस्तै परिस्थिति ले जन्माएको।
२.
धर्यधारणमा रहनू आराधना गर्नू दुर्गा देवीको,
आशीर्वाद प्राप्ति हुनेछ संकट टर्नेछ स्वयंसेवीको।
✍️ होम प्रसाद न्याैपाने
धरान,सुनसरी

@ १४

१.
हर्षले उडाउँछ आकासमा फरफर उड्छ कटी पतङ्ग ।
बडा दसैँमा जमरा टीका बडाको थाप्ने छ खुशीको उमङ्ग।
२.
दसैँ आयो खुशीयाली छायो सबैको घरघरमा यसपाली।
जीवन धान्नु गाह्रो छ चाडपर्वमा कोरोना कै हाली मुहाली।✍️ सुरेखा चाम्लिङ्ग, भक्तपुर -२

@ १५
१.
हाम्रो चाड यो कति सुन्दर गाउँ घर रमाइलो
समय पनि कति छ हिजो आज यहाँ घमाइलो ।
२.
सबैको निधार रङ्गीन अक्षताले सजिन्छ
एक-अर्कोलाई पूर्ण आशीर्वादले भरिन्छ ।
✍️ नीमा छिरिङ्ग भोटिया
जलढक्का /कालेबुङ

@ १६
१.
दसैँ धर्म र संस्कृति हो हामी मिलेर मनाऊँ,
तडक भडक नगरौ सभ्य संस्कार जनाऊँ।
२.
दसैँ आउँदा कसैलाई दशा आउछ कसैलाई नसा बनेर,
हेला होचो नगरी सद्भाव र सम्मान गरौँ सबै आफ्नो भनेर।
✍️ दुर्गा आचार्य, मोरङ

@ १७
१.
पीर नगर आमै अर्को दसैँ पक्कै आउनेछु,
खरको चुहिने छानो फाली टिनले छाउनेछु।
२.
मनाऊँ दसैँ अन्त्य गरौँ विकृति, बेथिति,
घाँटी हेरौं हाड निलौं नगरौं देखासिखी।
✍️ लक्ष्मण समीर, बर्दिया
हाल: काठमाडौ

@ १७
१.
परी आएमा जस्तो पनि गर्नु पर्छ सामना,
विजया दशमीको सबैलाई शुभकामना।
२.
जहिले पनि दु:खले मितेरी लायो,
गरीवीमा नमिठो खल्लो दसैँ आयो।
✍️ ज्योती घिमिरे
धनुषा, गोदार।

@ १९
१.
शिरमा हात छ आशिर्वाद छ टिका र जमरा,
ढपक्कै फुल्यो सयपत्री फूल घुम्दैछ भमरा।
२.
दसैँको बेला छाएछ खुशी गाँऊ अनि शहर,
मिठो मसिनो खाएर पर्व मनाउने रहर।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ
हाल: गोदावारी, ललितपुर

@ २०
१.
हामी नेपालीको संस्कृति दसैँ यो रमाइलो पर्व,
सबै परिवार मिलिजुली चाड मान्दा लाग्छ गर्व।
२.
दुर्गा भवानी दाइना होउन् भनेर गर्छु म आराधना,
विजया दशमीको उपलक्ष्यमा हार्दिक शुभकामना।
✍️ रवीन्द्रनाथ पोखरेल
देबचुली३, नवलपरासी

@ २१
१.
आयो दसैँ रमाइलो गर्न त मन,
के गर्नु न घरमा खुशी छ न धन।
२.
झल्को आउँछ टीका जमरा गाउँ र बेसीको,
सम्झिएर के गर्नु बाध्यता छ परदेशीको।
✍️ निम्बा, सल्यान

@ २२
१.
वर्षदिनको बड़ादसैँ हर्षोल्लाससित मनाऔँ,
संस्कार अनि संस्कृति हाम्रो सबै मिलेर जोगाऔँ ।
२.
सांस्कृतिक चाडपर्वले आपसमा प्रेम छरून् ,
माता दुर्गा भवानीले हामी सबैको रक्षा गरून् ।
✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ ।

@ २३

देवी दुर्गाको आरधना गरी धर्मको शक्ति बढाउनु,
आफ्नै आमालाई अवोध सन्तानको बलि नचढाउनु ।

टीका, जमराले युगौं रङ्गियोस् सबैको माथ,
ईश्वरले कहिल्यै नछोडुन् गरिबको साथ ।
✍️ रिजाल विनोद
बेलबारी – ०२, मोरङ

@ २४
१.
यो दसैँबाट दु:ख पीडा सब भागेर जाओस्
शुभकामना सुख शान्ति सबैको मनमा होस्।
२.
मीठो मीठो खान अनि राम्रो लाउन मिलोस्,
यो सालको दसैँ सबको उल्लासले खिलोस्।
✍️ पारस भट्ट प्यासी, मेलौली दुई बैतडी

@ २५
१.
स्वागत छ यो अठत्तर दसैँलाई
दुख चिन्ता नहोस् है कसैलाई ।
२.
रातो टीका जमरा लगाउनु
कोरोना अन्तै दूर भगाउनु ।
✍️ तारा घिमिरे, संखुवासभा

@ २६
१.
मनाउनु पर्छ दसैँ घाँटी हेरिकन,
दु:खपर्छ ऋण लिई धोको फेरिकन।
२.
देखावटी नक्कलमा पर्नु हुदैन कहिले,
सोचविचार गर्नुपर्छ काम गर्दा जहिले ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगर १४ घोराही दाङ

@ २७

रमाइलो गाउँघरै मच्चिँदै पिङ र चङ्गा ,
रातो टीका जमरामा परी नगर्नू है दङ्गा ।

मनमुटु गाउँमै छोडी परदेशिने दाजुभाइ ,
सुख शान्ति र समृद्धिको शुभकामना सबैलाई ।
✍️ धनु शर्मा, पोखरा

@ २८
१.
पुरानै लुगा कपडाले दसैँ मनाऊँ,
अाफ्नो स्तर अनुसारको भव्य बनाऊँ ।
२.
खाने लाउने रहर त कसलाई नहोला?
धनीको सान देखेर गरिबको मन रोला।
✍️ नवीन जोशी, कैलाली

@ २९
१.
बडा दसैँ आँगनमा आयो,
मारुनी मादले पो हरायो।
२.
हुनेले घोर्ले खसी तानेर ल्यायो,
नहुने दुखीले हेरेर रमायो।
✍️ बि.के. मुखिया
दार्जीलिङ्ग

@ ३०
१.
दसैँ आयो रमझम छायो,
जस्तो छ आफ्नो तेस्तै रमायो।
२.
घाँटी हेरेर हाड निलौँ
धनी गरिब सवै मिलौँ।
✍️ साधना पाैडेल, अोखलढुंगा

@ ३१
१.
सत्यको असत्यमाथि नै जीत भए पश्चात,
मनाउन थालियो दसैँ बुझौँ सबैले बात।
२.
मनाऊँ है दसैँ सबैले नै सभ्य तरिकाले,
जाडरक्सी,जुवातासको नपारौ झालेमाले।
✍️ राजेश भट्टराई,
सैनामैना११, रुपन्देही, हाल सुर्खेत

@ ३२
१.
दसै हाम्रो महान चाड मनाऊँ खुशी साथ
बडाबाट आसिक लिई बनाऊँ दिव्य माथ ।
२.
खान लाउन पुगोस् सबैमा रोगव्याधी हटोस्
चिन्ता पीर भए जति भनौँ सबै सबै कटोस् ।
✍️ पुष्पासायरा । बिराटनगर ।

@ ३३
१,
अाउँछ चाडपर्व गरिबलाई रुवाएर
जान्छ,
हुनेखाने हरु भेला भएर मिठा ब्यण्जन खान्छ।
२,
उच्च पारौँ हामी साराले आ-आफ्नो भावना,
बडा दसैँको सबैले बाँटौ शुभकामना।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड, झापा

@ ३४
१.
दुर्गा भवानी दाहिना हुँदा रक्षा सबैको ,
हर्ष उल्लास बनोस् है पूर्ण इच्छा सधैको ।
२.
आफन्त आउँछन् वर्ष दिनको घरघरमा ,
टीका लगाइ आशिर्वाद थापी वरपरमा।
✍️ बेदु न्यौपाने, काठमाडौ

@ ३५
१.
बिजया दशमीको सबैलाई छ शुभकामना
बाँचुन्जेल दाजुभाइ र इष्ट मित्रमा सम्झना
२.
लगाएर सबैले दसैँका अक्षता टीका,
बगिरहेको मेरो आँखामा आँसुको ढिका।
✍️ प्रेम सुनार, दैलेख

@ ३६
१.
आयो भन्छन् चाडपर्व वडादसैँ तिहार,
कहिल्यै पनि रंगिएन पर्देशिको निधार।
२.
हटेर जाअोस दुखकष्ट, रोग अनि दुष्ट भावना,
महान पर्व दशमीको मंगलमय शुभकामना।
✍️ ऋषि पाैडेल
बागलुङ्ग, हाल कोरिया

@ ३७
१.
हिन्दु पर्व विशेष सारा जनका हाँसो खुशी छर्दछन्,
पीडा चोट र वेदना मनुष्यका दुर्भावना हर्दछन् ।
२.
नेपालीहरूको महान पर्व बडा दसैँ तिहार,
सबै मिली राम्रोसँग बनाऊँ घरघर शृङ्गार।
✍️ गृष्मा पाैडेल, टोकियो जापान

@ ३८

गाऊँ शहरमा दसैँ तिहार आयो,
सबैको मनमा हर्ष उमंग छायो ।

विजया दशमीको छ शुभकामना,
पूरा होऊन् हजुर मनका चाहना ।
✍️ कान्छी विनिता विश्वकर्मा
बाजुरा

@ ३९
१.
फेरि पनि महान चाड दसैँ आयो,
सबैको मुहारमा हर्ष खुशी छायो।
२.
फर्कियो गाउ परदेशी दसैँ आएर,
सबैजना खुशी नै छन भेट्न पाएर।
✍️ खगिन रिदम लामा
खोटाङ, ईन्द्रेणी पोखरी

@ ४०
१.
आफ्नो संस्कृति जोगाउँदै बडा दशैं मनाऊँ,
रिनको भारी थप्ने हैन हाँसी खुशी बनाऊँ।
२.
दशैं हो हाम्रो ठुलो चाड,
नबनोस् दुःखको पहाड ।
✍️ अरुण नदी खत्री
काठमाडाैं

@ ४१
१•
दसैँ दसैँ दसैँ जता गए पनि दसैँ,
कमाई समाई छैन मानिदैन यसै।
२•
पूजा आजा गरे पनि मन्दिरमा गई,
फेरिदैनन् दुख पीडा सुखदायी भई।
✍️ घनश्याम पौडेल, सृजना चोक
पोखरा

@ ४२
१,
नबदुर्गाले हामी सबैको कल्याण गरून्
प्रत्येक नेपालीमा समृद्धि, सद्भाव छरुन्।
२,
फुल र पाती भित्र्याउँदै जय जयकार गरौँ
धर्म सस्कृतीको जगेर्ना गर्न हामी लागि परौँ।
✍️ इश्वरी अधिकारी, लमजुङ्ग

@ ४३
१.
सारा नेपाली जन जीवनको शान
बडादसैँ हो हाम्रो निधारको मान।
२.
आध्यात्म एवं संस्कृतिको अपूर्व समाहार
पहिचान राख्छ सामु सारा विश्व दरबार।
✍️ अर्जुन उप्रेती,
असाम भारत

@ ४४
१.
दसैँ सदा दसैँ बनोस्, दशा नबनोस्
सकसले कोही धर्म फेर्छु नभनोस् ।
२.
एकता र समृद्धि, ल्याओस् भाइचारा
यो विजया दशमी रमोस् जग सारा ।
✍️ दुर्गा वनवासी,
बुद्धशान्ति, झापा

@ ४५
१.
आयो दसैँ रमाउँदैछन् सबै केटाकेटी,
टीका लगाइ आर्शिवाद लिइ थाप्छन् भेटि।
२.
दु:ख सुख मनलाई शान्त पार्दै गर्छन् आनन्दको कुरा,
वर्षौं देखिको भेट गर्ने चाहाना चेलीमाइतीको पूरा।
✍️ अनुग्रह राना मगर ‘पुस्प’
पाँचखपन -६ संखुवासभा हाल मलेसिया

@ ४६
१.
वर्षापछिको सफा र सुकिलो सडक,
मनाऔं दसैँ नगरी तडकभडक ।
२.
आसिक लिई, शुभकामना साटी,
दसैँ मान्ने माया र सद्भाव बाँटी ।
✍️ रचना शर्मा ‘प्रतीक्षा’,
महालक्ष्मी न. पा.- ४, ललितपुर ।

@ ४७
१.
शिरमा जमरा अनि निधारमाथि टीका,
नखसुन् कसैको नि आँखामा आँसुको ढिका ।
२.
लिङ्गे पिङ हाली सबैजना मिली रमाइलो गरौँ,
आफ्नो परिवार सँग बसी ओठमा मुस्कान भरौँ ।
✍️ कल्पना थामी
सिन्धुपाल्चोक

@ ४८

वर्ष दिनको चाड आयो, हाँसी खेली मनाऊँ,
मीठो मसिनो खाने कुरा, खाइ सबै रमाऊँ।

दसैँ आउँदा खुशी छाउँछ, सबैका गाउँ घर,
परदेशीलाई के दसैँ होला बिरानो सहर ।
✍️ हरिश चन्द विवश, बैतडी

@ ४९
१.
हर्षित मन बुर्कुसी मार्‍यो यो चाड दसैँमा,
कामना मेरो दुःख र पीडा नपरोस् कसैमा।
२.
आफन्तजन ठुलाबडाको आसिक लाग्नेछ,
यो छोटो आयु लम्बिइकन शताब्दी जाग्नेछ।
✍️ अनिल खग्रास, पर्वत

@ ५०
१.
अब भारी बोकी खानु मै छ गर्व,
गरिबलाई न आओस् चाडपर्व ।
२.
किन आउँछ दसैँ तिहार रुवाउनलाई फेरि,
यहाँ गरिबले त दसैँ मान्छन् आँसुको ताल हेरि ।
✍️ ललिता अभागी
सिन्धुली

@ ५१
१.
हेर खुशी लिएर दसैँ गाउँ घरमा आयो
कठै बरा यो दसैँंले पर्देशीका गित गायो।
२.
सजाउनु छ निधार लगाई जमरा टीका ,
यसपालिको दसैँ कसैको पनि नहोस् फिका।
✍️ रत्ना पुन मगर
मुसिकोट

@ ५२
१,
शुद्ध होस् चित्त नासियोस् सबै कू-भावना,
विजया दशमीको यही शुभकामना।
२,
दसैँ आयो परदेशी घर आएको,
सबैको घरमा खुशीयाली छाएको।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

@ ५३
१.
बाल्यकालमै रैछ चाडमा रमाउने,
जमरा र दक्षिणा हातमा समाउने ।
२.
थाप्लोमा छ जिम्मेवारी मनमा पीडै पीडा
प्रदेशमा लाला बाला मनमा छैन क्रिडा ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३

@ ५४
१.
घर घरमा जमरा टुसायो,
नवरात्रको सगुन सजायो।
२.
निधारमा टीका कानमा जमरा सिउरेर,
ठुला बडाबाट आशीर्वाद लिनु निहुरेर ।
✍️सुरुङ्गेली कान्छो, झापा

@ ५५

आफन्त र मान्यजनबाट टीका जमरा लगाई
मनाऊँ है हामी एक आपस उत्सवको बढाई।

रातो टीका र जमरा देवी दुर्गा भवानीको प्रसाद
सित्तैमा पाउने बढा दसैँमा अग्रजको आशिर्वाद।
✍️ अबजस चन्द्र, दमक, झापा

@ ५६
१.
कालरात्री भगवतीको पूजा गरौँ,
माताको दिव्य शक्तिले नै अगि सरौँ।
२.
सुख शान्ति रहूँ सधँ सधैँ चाहना,
सबैमा बडादसैँको शुभकामना।
✍️ गोमा गुरागाई, इटहरी

@ ५७

मनाऔँ दसैँ आफ्नो औकात र अवस्था हेरेर,
नबोकौं ऋणको भारी त्यसै देखासिकी घेरेर।

उत्साह र उमङ्गका साथ मनाऔँ यो दसैँ राखेर सद्भावना
लिइ आफुभन्दा ठुलाबडाबाट आशिर्वादका शुभकामना।
✍️ कोकिला चाैधरी, बाँके

@ ५८

एक आपसमा सबै मिली आशिर्वाद थापी,
परम्परा जोगाई राखौं मनको दुरी नापी।
२.
ठुलाबडाको हातबाट लगाई जमरा टिका,
खुशी छाअोस मनभित्र नहोस् कसैलाई फिका।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

@ ५९
१.
दशैंघरमा बडादशैंको शुरुआत यसरी गरिन्छ
घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ।
२.
सत्य सधैं बाँची रहोस् जमरा अक्षताको भरमा
दसैँमा हर्ष र उल्लास होस् सबैको घर-घरमा।
✍️ बी.कुलुङ, दार्जिलिङ

@ ६०
१.
वर्ष दिनको महान पर्व बडा दसैँ आयो,
सबैको घर घरमा सारै खुशीयाली छायो ।
२.
आएको यो दसैँले कसैलाई पनि निराश नबनाओस्,
हाँसी र खुशी सधैँभरि उमङ्ग हर्ष मनमा सजाओस् ।
✍️रिता खराल, रुपन्देही

@ ६१
१.
विरही भाका हालेर यहाँ कोइली करायो,
पराई देश बनाई बस्दा दशैं नि हरायो ।
२.
माईती जानु नमानी झर्को चढेर बसैमा,
नरुनू धेरै हाँसेर रम्नू यो बडा दशैंमा ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा ।

@ ६२
१-
मखमली फुल छ आँगनी भरि डुल्दैछन् भमरा
प्रदेशी तिमी फर्कन लगाउन टिका र जमरा ।
२-
पियारी रुदै बोलाउछिन् घर म प्रदेशी आईन,
अर्को साल अाउँछु नरुनू तिमी छुट्टिनै पाईन ।
✍️ ल्युजर शर्मा
बागलुङ गल्कोट, हाल सात समुन्द्र पारि

@ ६३

राता माटा सुकेका बाटा चिटिक्क गाउँ घर,
आफन्त भेट्ने तिर्सना मेट्ने बिर्सने नगर।

दु:ख जेलो गरिकन पेटैभरि खाऊँ।
दसैँ मान्न यसपाली गाउँतिरै जाऊँ।
✍️ महेन्द्र मान बलामी
दक्षिणकाली नगर पालिका-९
फर्पिङ ,काठमाडौ ।

@ ६४
१.
परदेशीको घर आउने बहाना,
सबै वर्ग गफिन्छन् गर्दै कुरा साना।
२.
ब्युँझाउँछ सालिन्दा मालश्री धुनले,
दसैँको निम्तो बाँड्छ शरद्को जूनले।
✍️ म्यामराज राई,भोजपुर,हाल:-प्रवासी

@ ६५
१.
दसैंको रमझम रमाईलो थियो, सादा थियो वालापन,
खेलिन्थ्यो पिङ लाइन्थ्यो टीका,मामा घर पुग्दा प्रफुल्ल मन।
२.
नवदुर्गाको प्रसाद त जमरा र फुलपाती ,
बाबा,आमा, मान्यजनको हात मेरो शिर माथि ।
✍️ प्रधुम्न चालिसे, भक्तपुर

@ ६६
१.
दसैँको खुशीयाली महल देखि झुप्रो सम्म आओस्,
गरिबीको आँसु भित्र पनि हर्षको आभाष छाओस् !
२.
दसैँ आयो आफ्नै क्षमता भित्र नै खुशी मानेर रमाऔं,
खोक्रो आडम्बरलाई त्यागेर मित्रताको बाटो समाऔं!
✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

@ ६७

सबै जना हर्षित हुनु होला यो दशैमा,
दुःख कष्ट र पीडा नपरोस् हामी कसैमा।

गाउँ घरमा आयो चाडपर्व,
सबैको घरमा छायो नि गर्व।
✍️ सुशील बियोगी घायल
शिखर नगरपालिका ११ डोटी,
हाल चन्नै

@ ६८

हामी परदेशीलाई न त दशैंँ न तिहार,
रुवाउन मलाई किन आउँछ बारम्बार।

रुवाउन फेरि आएछ दसैँ परदेशी,
खुशीहाली छाएछ हाम्रो त गाउँबेसी।
✍️ जगत थापा, बझाङ्ग

@ ६९
१.
नेपाल एकिकरणको उत्सव पर्व
बिजया दशमी नेपाली मात्रको गर्व।
२.
हनुमानढोकामा भित्र्याएर गोर्खाबाट फूल पाती
तामझामले मनाइने विजया दशमी पर्व जाती ।
✍️ बिके माकजु , भक्तपुर ।

@ ७०
१.
दसैँ र तिहार मनाऊँ है झिलीमिली,
आफन्त र साथीभाइ सबै मिलीमिली।
२.
दसैँमा कसैलाई पनि दशा नलागोस्,
अग्रजको आशिकले सबै दुःख भागोस्।
✍️मिलन माझी,
पूर्व डुवर्स,कालचिनी,भारत

@ ७१
१.
दसैँको खुशीयाली सदा घर घरमा आओस्
सबैको मुहारमा उत्साह र उमङ्ग छाओस्।
२.
आ-आफ्नो औकात अनुसार चाड मनाऔँ
परिवार जम्मा भएर दसैँमा रमाऔ।
✍️ दुर्गा भट्टराई, मोरङ

@ ७२

दसैँले सबैको घरमा खुशी ल्याओस्
नेपाली भूमिमा हर्ष उमङ्ग छाओस्।

निधारभरि टीका कानमा जमरा लाउँदा
रमाइलो भयो घरमा परदेशी आउँदा ।
✍️ बिना रोका, घोराही दाङ्ग।

@ ७३
१.
चाडबाडलाई विकृतिमुक्त बनाऔँ,
हैसियतअनुसार यो दसैँ मनाऔँ।
२.
नखेलौं जुवा र तास,मदिरा हटाऔँ,
आशीर्वाद लिनेदिने दक्षिणा घटाऔँ।
✍️ भूषण जंग, अष्ट्रेलिया

@ ७४
१.
हिन्दुहरूको महान चाड बडादशैं आयो,
रनबन गाउँघर झलमल सब छायो ।
२.
प्रदेशीको दशैं सदैव रहरै रहरमा,
गुलामीछन् विदेशमा ती कहरै कहरमा।
✍️ ऋषिराम खानाल,
मध्यविन्दु ६, नवलपुर

@ ७५
१.
दसैँमा घर सम्झेर आउने लाहुरेको छ ताँती।
बिदा नपाउँदा खेरि पोल्छ यो परदेशीको छाती।
२.
घरको याद आउँदा खेरि सम्झी सम्झी रुन्छ,
भौतिक शरीर यता भए मन त्यतै हुन्छ ।
✍️राम रावल (सागर)
अत्तरिया, कैलाली

@ ७६
१.
हर्ष उल्लास लिएर हाम्रो आँगनमा नै बडादसैँ छायो
मान्यजनको आशिर्वाद निधारमा टीका थाप्ने दिन आयो ।
२.
दुर्गा माताको आशीर्वादले सधैँ संसार जगमग भै उठोस्,
बर्ष दिनमा आउने यो चाडमा चमेली मगमग भै फुलोस् ।
✍️ सुशील घिमिरे, सैनामैना-९,रुपन्देही

@ ७७
१.
आज सप्तमं हो कालरात्रीको पूजा गर्छौ,
दु:ख हटाऊ महागौरीको चरण पर्छौ।
२.
वर्षौ दिनको दसैँ हाम्रो खुशीयाली मनाउदै जाऔँ,
नौं दुर्गे भवानी माता सम्झेर टीका जमरा लगाऔँ।
✍️ कमला पाण्डे पराजुली, झापा चारआली

@ ७८
१.
दसैँ हिन्दुहरूको महान पर्व,
मनाऊँ लौ! खुशीले गरौं है गर्व।
२.
दशैंमा खुशी र सद्भाव जगाऊँ,
माता दुर्गेमा शान्त चित्त लगाऊँ।
✍️ परिक्रमा श्रेष्ठ, धरान

@ ७९
१.
दसैँ आयो तिहार आउला खर्चिलो नगरे,
यो मेला पर्वका लागि ठुलो रिनमा नपरे।

मेला पर्व समाजका गहना भनिन्छ दामी,
त्यसैले अनुशासित भई मनाउनु हामी।
✍️ सुरेशकुमार पान्डे, दाङ

@ ८०

दशैं तिहार रमाईलो चाड आउने
म प्रदेशीको मन अमिलो बनाउने।

न माथमा टीका न कानमा जमरा
प्रदेशीको जीवन भैदियो खतरा ।
✍️ जित बुढाथोकी छन्त्याल
बेलायत

@ ८१
१.
दसैँ आयो नै भन्छन् सुनसान छ चारैतिर,
सकस त परेको छैन कतै झुपडीनिर।
२.
दुःख सुख रमाऊ यस्तै छ मानव चोला,
नमरुञ्जेल त कहिले भरिँदैन झोला।
✍️ तेजप्रसाद खनाल, दाङ।

@ ८२
१.
दसैँले सबैमा दु:ख हटाएर सुखै ल्यावोस् ,
समस्त हिन्दुराज्यमा शान्ति र उमङ्ग छावोस् ।
२.
सबैको शिरमा जमरा र निधारमा होस् रातो टीका,
हामी कसैको पनि जीवनमा दसैँ नबनोस् है फिका ।
✍️ लक्ष्मी घिमिरे दाहाल
दमक, झापा

@ ८३
१.
कोरोना मुक्त बनौँ मिलेर सबै जना,
सुरक्षा साथ रमौं,सु-स्वास्थको कामना ।
२.
दशैं,दशा नबनोस्,कबै नहोस् सामना,
बडा दशमीको हार्दिक शुभकामना ।
✍️ मित्र कु. आचार्य
काठमाडौं

@ ८४
१.
गरिबको झुपडीमा पनि दसैँको रौनक छाओस् ,
धनीको महलमा झैं मिठो परिकार चाख्न पाओस् ।
२.
कहिलेकाहीँ दसैँ पनि खल्लो भोग्नुपर्ने रहेछ ,
आमाबाबु बित्दाको बरखीले शोक भोग्नु परेछ।
✍️ राजेश्वरी राजोपाध्याय
ललितपुर ।

@ ८५
१.
बा आमाको हातबाट नै टीका लगाएर,
खुशी हुन्थ्यो मुहार अनि पैसा समाएर।
२.
सुख समृद्धि घर परिवारमा छाअोस्,
चाडको बेला दुःखको खबर नआअोस्।
✍️ रविन भण्डारी
कानेपोखरी, मोरङ

@ ८६
१.
नमुछ्नूहोस् टीका ए मेरि आमा नराख्नुहोस् जमरा,
देशमा दशैको फूल फुल्यो परदेशमा भमरा।।
२.
निधारमा रातो टीका कानमा जमरा होस् सबैको यसै,
उमङ्ग साथ बिताउनु होला यसपालीको वडा दशँ।
✍️ बादल गुरुङ वियोगी
संखुवासभा,हाल काठमाडौं

@ ८७
१.
यो दसैँमा खुशी र हर्ष छाओस् ,
साथसाथै दुःख हटेर जाओस् ।
२.
यो दसैँको शुभकामना दिन्छु ,
ठूला वडाको आशीर्वाद लिन्छु।
✍️ सुशीला पौडेल

@ ८८
१,
परिवारसँग रमाउने परदेशीको मन,
सबैको इच्छालाई पुर्याउन कमाउँछ धन।
२.
भनेजस्तो खान छैन पेट छ भोको,
आमालाई सम्झेर उ धेरै भो रोको।
✍️ प्रसान्ती राई
सामसिङ्ग खासमहल (कालेबुङ)

@ ८९
१.
तिम्रो दसैँ यस्तो भयो मीठो पाकेन,
नयाँ नाना किन्न पनि इच्छा लागेन।
२.
बगाकै छौ पसिनाको नीलो धारा तर,
समयले मेख मार्‍यो चुल्हो चीसो छ र।
✍️ कृष्ण देव रिमाल,
काठमाडौं

@ ९०
१.
धनीमानी लाई त हुने रहेछ रङ्ग अनि रसै,
गरिवलाई त पीडा मात्रै रहेछ यो पापी दसैँ।
२.
हुनेखानेले किनेर ल्याए ठुला ठुला खसी,
हामी दुखिको दसैँ बित्छ त्यतिकै रुँदै बसि।
✍️ गणेश तामाङ वाइबा
धादिङ, नेपाल।

@ ९१
१.
असत्यले घुँडा टेकी सत्य सधैँ उच्च बनोस् ,
सद्भावले सबैलाई मित्रहरू मानी गनोस् ।
२.
घाँटी हेरी हाड निलौँ फजुल खर्च गर्नुहुन्न ,
दसैँको नाममा ऋणको पीरले नि मर्नुहुन्न ।
✍️ गंगा खड्का, बुढानिलकण्ठ काठमाडाैं

@ ९२
१.
दसैँ बोलाउनु पर्दैन, समय र साइतमा आउँछ खुरुखुरु,
उत्साह र उमङ्गले रमाउने धेरै हुन्छन्, थोरै रुन्छन् धुरुधुरु।
२.
हिन्दुहरू सबैले मान्ने दसैँ हाम्रो साझा पर्व,
सँस्कृतिमा धनी हामी यही नै नेपालीको गर्व।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
बूढानीलकण्ठ १, काठमाडौँ

@ ९३
१.
मैले दसैँ मान्छु उसलाइ दसा लाग्छ
म खुसी छु ऊ त भौतारी हेर भाग्छ।
२.
मेरो पर्व हो उसलाइ दुख्छ टाउको
कुरा ठूलो भएनि बुद्धि छ पाउको।
✍️ रघु न्यौपाने, पोखरा

सम्बन्धित पोस्टहरु

दसैँ अवसरमा “टुक्का लेखन अभ्यास श्रृङ्खला-२३” सम्पन्न

असोज २८ काठमाडौँ, विशेष अवसरहरूमा टुक्का कविताको अभ्यास श्रृङ्खलाहरू सञ्चालन गर्दै आएको टुक्का साहित्य समाज, काठमाडौँले बडा दसैँको विशेष अवसरमा २०७८ असोज २७ गते “टुक्का लेखन अभ्यास श्रृङ्खला-२३” सम्पन्न गरेको छ।

“टुक्का” दुई हरफमा अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा नै पूर्ण हुने गरी लेखिने नेपाली मौलिक प्रयोगवादी लघुत्तम कविता विधाको रुपमा छोटो समयमा धेरै सर्जक तथा पाठकहरूको मनमा बस्न सफल भएको छ।

समाजकी सचिव विमुन्स पौडेलको संयोजकत्वमा सञ्चालन भएको उक्त श्रृङ्खलामा टुक्काका परिकल्पनाकार तथा टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले सह-संयोजकको भूमिका निभाउनु भएको थियो । “दसैँ” विषयमा टुक्का लेखन भएको उक्त श्रृङ्खलामा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ९३ नेपालीभाषी सर्जकहरूले दसैँ, नवरात्री तथा विजया दशमीसम्बन्धी आफ्न मनोहर टुक्काहरू सिर्जना गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष चापागाईं तथा सचिव पौडेलले सक्रिय सहभागिताका लागि सम्पूर्ण सर्जकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुका साथै असत्य माथि सत्यको विजय भएको खुसीयालीमा मनाइने हिन्दुहरूको महान् चाड विजया दशमीको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव र सम्वृद्धिको लागि नवदुर्गा भवानीबाट ऊर्जा प्राप्त होस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गर्नु भएको थियो ।

अभ्यासको क्रममा सङ्कलन गरिएका उत्कृष्ट टुक्काहरू

@ १
१.
दसैँ महान् चाड हो र गर्व गर्दछौँ कति,
नहोस् निसान दुःखको मिलोस् सदा खुशी जति।
२.
विदेशबाट पाहुना स्वदेश आज फर्किए,
दसैँ तिहारको खुशी सुटुक्क हेर अर्पिए।
✍️ विमुन्स पौडेल

@ २
१.
घरघरमा दसैँ आएर हर्सोल्लास छायो,
मोजमस्ती खुसी कोही कोहीलाई रिन लायो।
२.
तडक भडक छोडी चाड मनाऊँ,
घाँटी हेरी हाड निल्न सक्ने बनाऊँ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी

@ ३
१.
दसैँ तिहार आउँछ परदेशीको मन रुवाउँछ,
गाउँ घर सम्झीएर बग्छ आँसु मुहार धुवाउँछ।
२.
दसैँ तिहार आउछ जान्छ दीन दशा कसैलाई नलागोस्,
चामलको टिका लगाइन्छ त्यो झर्छ भाग्य कसैको नझरोस्।
✍️ रिना योल्मो, दार्जीलिङ्ग

@ ४
१.
भेटघाट भै अग्रजबाट आशीर्वाद पाउँने दिन,
यस्तो अप्राप्य चाडपर्व वर्षमा आउँछ एक छिन।
२.
हाँसी खेली रमाइ चाड पर्व सधैँ मनाउने गरौँ,
जति टाढा भएपनि दसैँमा गाउँघर तिरै झरौँ।
✍️ धनुष न्यौपाने
गुठीचोर गाउँपालिका ०४
बिगारे जुम्ला

@ ५
१.
दसैँ यो बनोस् उल्लासपूर्ण सबैका लागि,
परदेश गएका घर आउन् चाँडै भागी ।
२.
घरमा ल्याओस् खुशी र उमंग यो दसैँले,
रुनु नपरोस् ऋण लागी नेपाली कसैले ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास

@ ६
१.
दसैँ गरीवको दसा धनीको नशा नबनोस्,
टीकाको भोलि पल्ट साहुले खोइरो नखनोस्।
२.
सबैले आफ्नो धर्म संस्कृतिलाई मनाऊँ,
तडक भडक छोडी आफ्नो पर्व जनाऊँ।
✍️ सरस्वती श्रेष्ठ, इटहरी

@ ७
१.
चारैतिर रमाएर दसैँ आयो भन्छन्,
झुपडीमा बालबच्चा औला मात्र गन्छन्।
२.
कोरोनाले अर्थतन्त्र डामाडोल भाछ,
भन्छन् सबै गाउँ तिर बडादशै आछ।
✍️ सीता ढुङ्गाना काफ्ले
सिद्धार्थ साहित्य परिषद भैरहवा

@ ८

यसपालीको दसैँ कहीँ दशा नबनोस्
थप्लो माथि रिन थपी पीडा नगनोस्।

देशमा दिगो शान्ति कायम रहोस्,
सबै तिर हर्सोल्लासमय बनोस्।
✍️ रश्मि रिमाल, झापा

@ ९

स-साना बालबालिकाहरूलाई लागे छ गर्व,
गाउँ घरतिर आएको छ दसैँको चाडपर्व।

मिठो मसिनो जे छ त्यहीँ खाएर चाडपर्व मनाउने गराैँ,
विदेश भए दाजुभाइ दिदिबहिनी दसैँमा आफ्नै घर झराैँ।
✍️सहयात्री शोभा अर्याल
रुपन्देही १४ बुटवल

@ १०

सम्पूर्ण टुक्काकारमा हार्दिक शुभकामना दसैँ बनोस् राम्रो,
परम्परा देखि चल्दै आएको धर्म संस्कृतिको नेपाल हाम्रो ।

हर्ष र उल्लास गरेर दशैं मनाउने कल्पना,
बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।
✍️ भगवती दवाडी ,दमक, झापा

@ ११
१.
माताको कृपाले सर्वत्र सात्विक भाव जागोस्,
हत्या,हिंसा अनि काटमारको भावना भागोस्।
२.
दसैँ सयपत्री फूलको सुगन्ध जस्तै बनोस्,
मखमलीको सुन्दरता झैँ तिहार भो भनोस्।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग।

@ १२
१.
लाहुरे दाइ नि घर आए ओरालीमा झर्दै
रोटे पिङ र लिङ्गे पिङमा चचहुई गर्दै ।
२.
गाउँ घरमा नै रमाइलो हरियाली दसैँ,
अर्को साल हामीपनि गाउँ मै जाऊँ बा कसै।
✍️ मन्दिरा सेढाई
धादिङ, मलेखु

@ १३
१.
कतै हाँसो खुशी छाएको, कतै धेरै दुःख पाएको,
दसैँको समय छ यस्तै परिस्थिति ले जन्माएको।
२.
धर्यधारणमा रहनू आराधना गर्नू दुर्गा देवीको,
आशीर्वाद प्राप्ति हुनेछ संकट टर्नेछ स्वयंसेवीको।
✍️ होम प्रसाद न्याैपाने
धरान,सुनसरी

@ १४

१.
हर्षले उडाउँछ आकासमा फरफर उड्छ कटी पतङ्ग ।
बडा दसैँमा जमरा टीका बडाको थाप्ने छ खुशीको उमङ्ग।
२.
दसैँ आयो खुशीयाली छायो सबैको घरघरमा यसपाली।
जीवन धान्नु गाह्रो छ चाडपर्वमा कोरोना कै हाली मुहाली।✍️ सुरेखा चाम्लिङ्ग, भक्तपुर -२

@ १५
१.
हाम्रो चाड यो कति सुन्दर गाउँ घर रमाइलो
समय पनि कति छ हिजो आज यहाँ घमाइलो ।
२.
सबैको निधार रङ्गीन अक्षताले सजिन्छ
एक-अर्कोलाई पूर्ण आशीर्वादले भरिन्छ ।
✍️ नीमा छिरिङ्ग भोटिया
जलढक्का /कालेबुङ

@ १६
१.
दसैँ धर्म र संस्कृति हो हामी मिलेर मनाऊँ,
तडक भडक नगरौ सभ्य संस्कार जनाऊँ।
२.
दसैँ आउँदा कसैलाई दशा आउछ कसैलाई नसा बनेर,
हेला होचो नगरी सद्भाव र सम्मान गरौँ सबै आफ्नो भनेर।
✍️ दुर्गा आचार्य, मोरङ

@ १७
१.
पीर नगर आमै अर्को दसैँ पक्कै आउनेछु,
खरको चुहिने छानो फाली टिनले छाउनेछु।
२.
मनाऊँ दसैँ अन्त्य गरौँ विकृति, बेथिति,
घाँटी हेरौं हाड निलौं नगरौं देखासिखी।
✍️ लक्ष्मण समीर, बर्दिया
हाल: काठमाडौ

@ १७
१.
परी आएमा जस्तो पनि गर्नु पर्छ सामना,
विजया दशमीको सबैलाई शुभकामना।
२.
जहिले पनि दु:खले मितेरी लायो,
गरीवीमा नमिठो खल्लो दसैँ आयो।
✍️ ज्योती घिमिरे
धनुषा, गोदार।

@ १९
१.
शिरमा हात छ आशिर्वाद छ टिका र जमरा,
ढपक्कै फुल्यो सयपत्री फूल घुम्दैछ भमरा।
२.
दसैँको बेला छाएछ खुशी गाँऊ अनि शहर,
मिठो मसिनो खाएर पर्व मनाउने रहर।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ
हाल: गोदावारी, ललितपुर

@ २०
१.
हामी नेपालीको संस्कृति दसैँ यो रमाइलो पर्व,
सबै परिवार मिलिजुली चाड मान्दा लाग्छ गर्व।
२.
दुर्गा भवानी दाइना होउन् भनेर गर्छु म आराधना,
विजया दशमीको उपलक्ष्यमा हार्दिक शुभकामना।
✍️ रवीन्द्रनाथ पोखरेल
देबचुली३, नवलपरासी

@ २१
१.
आयो दसैँ रमाइलो गर्न त मन,
के गर्नु न घरमा खुशी छ न धन।
२.
झल्को आउँछ टीका जमरा गाउँ र बेसीको,
सम्झिएर के गर्नु बाध्यता छ परदेशीको।
✍️ निम्बा, सल्यान

@ २२
१.
वर्षदिनको बड़ादसैँ हर्षोल्लाससित मनाऔँ,
संस्कार अनि संस्कृति हाम्रो सबै मिलेर जोगाऔँ ।
२.
सांस्कृतिक चाडपर्वले आपसमा प्रेम छरून् ,
माता दुर्गा भवानीले हामी सबैको रक्षा गरून् ।
✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ ।

@ २३

देवी दुर्गाको आरधना गरी धर्मको शक्ति बढाउनु,
आफ्नै आमालाई अवोध सन्तानको बलि नचढाउनु ।

टीका, जमराले युगौं रङ्गियोस् सबैको माथ,
ईश्वरले कहिल्यै नछोडुन् गरिबको साथ ।
✍️ रिजाल विनोद
बेलबारी – ०२, मोरङ

@ २४
१.
यो दसैँबाट दु:ख पीडा सब भागेर जाओस्
शुभकामना सुख शान्ति सबैको मनमा होस्।
२.
मीठो मीठो खान अनि राम्रो लाउन मिलोस्,
यो सालको दसैँ सबको उल्लासले खिलोस्।
✍️ पारस भट्ट प्यासी, मेलौली दुई बैतडी

@ २५
१.
स्वागत छ यो अठत्तर दसैँलाई
दुख चिन्ता नहोस् है कसैलाई ।
२.
रातो टीका जमरा लगाउनु
कोरोना अन्तै दूर भगाउनु ।
✍️ तारा घिमिरे, संखुवासभा

@ २६
१.
मनाउनु पर्छ दसैँ घाँटी हेरिकन,
दु:खपर्छ ऋण लिई धोको फेरिकन।
२.
देखावटी नक्कलमा पर्नु हुदैन कहिले,
सोचविचार गर्नुपर्छ काम गर्दा जहिले ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगर १४ घोराही दाङ

@ २७

रमाइलो गाउँघरै मच्चिँदै पिङ र चङ्गा ,
रातो टीका जमरामा परी नगर्नू है दङ्गा ।

मनमुटु गाउँमै छोडी परदेशिने दाजुभाइ ,
सुख शान्ति र समृद्धिको शुभकामना सबैलाई ।
✍️ धनु शर्मा, पोखरा

@ २८
१.
पुरानै लुगा कपडाले दसैँ मनाऊँ,
अाफ्नो स्तर अनुसारको भव्य बनाऊँ ।
२.
खाने लाउने रहर त कसलाई नहोला?
धनीको सान देखेर गरिबको मन रोला।
✍️ नवीन जोशी, कैलाली

@ २९
१.
बडा दसैँ आँगनमा आयो,
मारुनी मादले पो हरायो।
२.
हुनेले घोर्ले खसी तानेर ल्यायो,
नहुने दुखीले हेरेर रमायो।
✍️ बि.के. मुखिया
दार्जीलिङ्ग

@ ३०
१.
दसैँ आयो रमझम छायो,
जस्तो छ आफ्नो तेस्तै रमायो।
२.
घाँटी हेरेर हाड निलौँ
धनी गरिब सवै मिलौँ।
✍️ साधना पाैडेल, अोखलढुंगा

@ ३१
१.
सत्यको असत्यमाथि नै जीत भए पश्चात,
मनाउन थालियो दसैँ बुझौँ सबैले बात।
२.
मनाऊँ है दसैँ सबैले नै सभ्य तरिकाले,
जाडरक्सी,जुवातासको नपारौ झालेमाले।
✍️ राजेश भट्टराई,
सैनामैना११, रुपन्देही, हाल सुर्खेत

@ ३२
१.
दसै हाम्रो महान चाड मनाऊँ खुशी साथ
बडाबाट आसिक लिई बनाऊँ दिव्य माथ ।
२.
खान लाउन पुगोस् सबैमा रोगव्याधी हटोस्
चिन्ता पीर भए जति भनौँ सबै सबै कटोस् ।
✍️ पुष्पासायरा । बिराटनगर ।

@ ३३
१,
अाउँछ चाडपर्व गरिबलाई रुवाएर
जान्छ,
हुनेखाने हरु भेला भएर मिठा ब्यण्जन खान्छ।
२,
उच्च पारौँ हामी साराले आ-आफ्नो भावना,
बडा दसैँको सबैले बाँटौ शुभकामना।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड, झापा

@ ३४
१.
दुर्गा भवानी दाहिना हुँदा रक्षा सबैको ,
हर्ष उल्लास बनोस् है पूर्ण इच्छा सधैको ।
२.
आफन्त आउँछन् वर्ष दिनको घरघरमा ,
टीका लगाइ आशिर्वाद थापी वरपरमा।
✍️ बेदु न्यौपाने, काठमाडौ

@ ३५
१.
बिजया दशमीको सबैलाई छ शुभकामना
बाँचुन्जेल दाजुभाइ र इष्ट मित्रमा सम्झना
२.
लगाएर सबैले दसैँका अक्षता टीका,
बगिरहेको मेरो आँखामा आँसुको ढिका।
✍️ प्रेम सुनार, दैलेख

@ ३६
१.
आयो भन्छन् चाडपर्व वडादसैँ तिहार,
कहिल्यै पनि रंगिएन पर्देशिको निधार।
२.
हटेर जाअोस दुखकष्ट, रोग अनि दुष्ट भावना,
महान पर्व दशमीको मंगलमय शुभकामना।
✍️ ऋषि पाैडेल
बागलुङ्ग, हाल कोरिया

@ ३७
१.
हिन्दु पर्व विशेष सारा जनका हाँसो खुशी छर्दछन्,
पीडा चोट र वेदना मनुष्यका दुर्भावना हर्दछन् ।
२.
नेपालीहरूको महान पर्व बडा दसैँ तिहार,
सबै मिली राम्रोसँग बनाऊँ घरघर शृङ्गार।
✍️ गृष्मा पाैडेल, टोकियो जापान

@ ३८

गाऊँ शहरमा दसैँ तिहार आयो,
सबैको मनमा हर्ष उमंग छायो ।

विजया दशमीको छ शुभकामना,
पूरा होऊन् हजुर मनका चाहना ।
✍️ कान्छी विनिता विश्वकर्मा
बाजुरा

@ ३९
१.
फेरि पनि महान चाड दसैँ आयो,
सबैको मुहारमा हर्ष खुशी छायो।
२.
फर्कियो गाउ परदेशी दसैँ आएर,
सबैजना खुशी नै छन भेट्न पाएर।
✍️ खगिन रिदम लामा
खोटाङ, ईन्द्रेणी पोखरी

@ ४०
१.
आफ्नो संस्कृति जोगाउँदै बडा दशैं मनाऊँ,
रिनको भारी थप्ने हैन हाँसी खुशी बनाऊँ।
२.
दशैं हो हाम्रो ठुलो चाड,
नबनोस् दुःखको पहाड ।
✍️ अरुण नदी खत्री
काठमाडाैं

@ ४१
१•
दसैँ दसैँ दसैँ जता गए पनि दसैँ,
कमाई समाई छैन मानिदैन यसै।
२•
पूजा आजा गरे पनि मन्दिरमा गई,
फेरिदैनन् दुख पीडा सुखदायी भई।
✍️ घनश्याम पौडेल, सृजना चोक
पोखरा

@ ४२
१,
नबदुर्गाले हामी सबैको कल्याण गरून्
प्रत्येक नेपालीमा समृद्धि, सद्भाव छरुन्।
२,
फुल र पाती भित्र्याउँदै जय जयकार गरौँ
धर्म सस्कृतीको जगेर्ना गर्न हामी लागि परौँ।
✍️ इश्वरी अधिकारी, लमजुङ्ग

@ ४३
१.
सारा नेपाली जन जीवनको शान
बडादसैँ हो हाम्रो निधारको मान।
२.
आध्यात्म एवं संस्कृतिको अपूर्व समाहार
पहिचान राख्छ सामु सारा विश्व दरबार।
✍️ अर्जुन उप्रेती,
असाम भारत

@ ४४
१.
दसैँ सदा दसैँ बनोस्, दशा नबनोस्
सकसले कोही धर्म फेर्छु नभनोस् ।
२.
एकता र समृद्धि, ल्याओस् भाइचारा
यो विजया दशमी रमोस् जग सारा ।
✍️ दुर्गा वनवासी,
बुद्धशान्ति, झापा

@ ४५
१.
आयो दसैँ रमाउँदैछन् सबै केटाकेटी,
टीका लगाइ आर्शिवाद लिइ थाप्छन् भेटि।
२.
दु:ख सुख मनलाई शान्त पार्दै गर्छन् आनन्दको कुरा,
वर्षौं देखिको भेट गर्ने चाहाना चेलीमाइतीको पूरा।
✍️ अनुग्रह राना मगर ‘पुस्प’
पाँचखपन -६ संखुवासभा हाल मलेसिया

@ ४६
१.
वर्षापछिको सफा र सुकिलो सडक,
मनाऔं दसैँ नगरी तडकभडक ।
२.
आसिक लिई, शुभकामना साटी,
दसैँ मान्ने माया र सद्भाव बाँटी ।
✍️ रचना शर्मा ‘प्रतीक्षा’,
महालक्ष्मी न. पा.- ४, ललितपुर ।

@ ४७
१.
शिरमा जमरा अनि निधारमाथि टीका,
नखसुन् कसैको नि आँखामा आँसुको ढिका ।
२.
लिङ्गे पिङ हाली सबैजना मिली रमाइलो गरौँ,
आफ्नो परिवार सँग बसी ओठमा मुस्कान भरौँ ।
✍️ कल्पना थामी
सिन्धुपाल्चोक

@ ४८

वर्ष दिनको चाड आयो, हाँसी खेली मनाऊँ,
मीठो मसिनो खाने कुरा, खाइ सबै रमाऊँ।

दसैँ आउँदा खुशी छाउँछ, सबैका गाउँ घर,
परदेशीलाई के दसैँ होला बिरानो सहर ।
✍️ हरिश चन्द विवश, बैतडी

@ ४९
१.
हर्षित मन बुर्कुसी मार्‍यो यो चाड दसैँमा,
कामना मेरो दुःख र पीडा नपरोस् कसैमा।
२.
आफन्तजन ठुलाबडाको आसिक लाग्नेछ,
यो छोटो आयु लम्बिइकन शताब्दी जाग्नेछ।
✍️ अनिल खग्रास, पर्वत

@ ५०
१.
अब भारी बोकी खानु मै छ गर्व,
गरिबलाई न आओस् चाडपर्व ।
२.
किन आउँछ दसैँ तिहार रुवाउनलाई फेरि,
यहाँ गरिबले त दसैँ मान्छन् आँसुको ताल हेरि ।
✍️ ललिता अभागी
सिन्धुली

@ ५१
१.
हेर खुशी लिएर दसैँ गाउँ घरमा आयो
कठै बरा यो दसैँंले पर्देशीका गित गायो।
२.
सजाउनु छ निधार लगाई जमरा टीका ,
यसपालिको दसैँ कसैको पनि नहोस् फिका।
✍️ रत्ना पुन मगर
मुसिकोट

@ ५२
१,
शुद्ध होस् चित्त नासियोस् सबै कू-भावना,
विजया दशमीको यही शुभकामना।
२,
दसैँ आयो परदेशी घर आएको,
सबैको घरमा खुशीयाली छाएको।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

@ ५३
१.
बाल्यकालमै रैछ चाडमा रमाउने,
जमरा र दक्षिणा हातमा समाउने ।
२.
थाप्लोमा छ जिम्मेवारी मनमा पीडै पीडा
प्रदेशमा लाला बाला मनमा छैन क्रिडा ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३

@ ५४
१.
घर घरमा जमरा टुसायो,
नवरात्रको सगुन सजायो।
२.
निधारमा टीका कानमा जमरा सिउरेर,
ठुला बडाबाट आशीर्वाद लिनु निहुरेर ।
✍️सुरुङ्गेली कान्छो, झापा

@ ५५

आफन्त र मान्यजनबाट टीका जमरा लगाई
मनाऊँ है हामी एक आपस उत्सवको बढाई।

रातो टीका र जमरा देवी दुर्गा भवानीको प्रसाद
सित्तैमा पाउने बढा दसैँमा अग्रजको आशिर्वाद।
✍️ अबजस चन्द्र, दमक, झापा

@ ५६
१.
कालरात्री भगवतीको पूजा गरौँ,
माताको दिव्य शक्तिले नै अगि सरौँ।
२.
सुख शान्ति रहूँ सधँ सधैँ चाहना,
सबैमा बडादसैँको शुभकामना।
✍️ गोमा गुरागाई, इटहरी

@ ५७

मनाऔँ दसैँ आफ्नो औकात र अवस्था हेरेर,
नबोकौं ऋणको भारी त्यसै देखासिकी घेरेर।

उत्साह र उमङ्गका साथ मनाऔँ यो दसैँ राखेर सद्भावना
लिइ आफुभन्दा ठुलाबडाबाट आशिर्वादका शुभकामना।
✍️ कोकिला चाैधरी, बाँके

@ ५८

एक आपसमा सबै मिली आशिर्वाद थापी,
परम्परा जोगाई राखौं मनको दुरी नापी।
२.
ठुलाबडाको हातबाट लगाई जमरा टिका,
खुशी छाअोस मनभित्र नहोस् कसैलाई फिका।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

@ ५९
१.
दशैंघरमा बडादशैंको शुरुआत यसरी गरिन्छ
घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ।
२.
सत्य सधैं बाँची रहोस् जमरा अक्षताको भरमा
दसैँमा हर्ष र उल्लास होस् सबैको घर-घरमा।
✍️ बी.कुलुङ, दार्जिलिङ

@ ६०
१.
वर्ष दिनको महान पर्व बडा दसैँ आयो,
सबैको घर घरमा सारै खुशीयाली छायो ।
२.
आएको यो दसैँले कसैलाई पनि निराश नबनाओस्,
हाँसी र खुशी सधैँभरि उमङ्ग हर्ष मनमा सजाओस् ।
✍️रिता खराल, रुपन्देही

@ ६१
१.
विरही भाका हालेर यहाँ कोइली करायो,
पराई देश बनाई बस्दा दशैं नि हरायो ।
२.
माईती जानु नमानी झर्को चढेर बसैमा,
नरुनू धेरै हाँसेर रम्नू यो बडा दशैंमा ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा ।

@ ६२
१-
मखमली फुल छ आँगनी भरि डुल्दैछन् भमरा
प्रदेशी तिमी फर्कन लगाउन टिका र जमरा ।
२-
पियारी रुदै बोलाउछिन् घर म प्रदेशी आईन,
अर्को साल अाउँछु नरुनू तिमी छुट्टिनै पाईन ।
✍️ ल्युजर शर्मा
बागलुङ गल्कोट, हाल सात समुन्द्र पारि

@ ६३

राता माटा सुकेका बाटा चिटिक्क गाउँ घर,
आफन्त भेट्ने तिर्सना मेट्ने बिर्सने नगर।

दु:ख जेलो गरिकन पेटैभरि खाऊँ।
दसैँ मान्न यसपाली गाउँतिरै जाऊँ।
✍️ महेन्द्र मान बलामी
दक्षिणकाली नगर पालिका-९
फर्पिङ ,काठमाडौ ।

@ ६४
१.
परदेशीको घर आउने बहाना,
सबै वर्ग गफिन्छन् गर्दै कुरा साना।
२.
ब्युँझाउँछ सालिन्दा मालश्री धुनले,
दसैँको निम्तो बाँड्छ शरद्को जूनले।
✍️ म्यामराज राई,भोजपुर,हाल:-प्रवासी

@ ६५
१.
दसैंको रमझम रमाईलो थियो, सादा थियो वालापन,
खेलिन्थ्यो पिङ लाइन्थ्यो टीका,मामा घर पुग्दा प्रफुल्ल मन।
२.
नवदुर्गाको प्रसाद त जमरा र फुलपाती ,
बाबा,आमा, मान्यजनको हात मेरो शिर माथि ।
✍️ प्रधुम्न चालिसे, भक्तपुर

@ ६६
१.
दसैँको खुशीयाली महल देखि झुप्रो सम्म आओस्,
गरिबीको आँसु भित्र पनि हर्षको आभाष छाओस् !
२.
दसैँ आयो आफ्नै क्षमता भित्र नै खुशी मानेर रमाऔं,
खोक्रो आडम्बरलाई त्यागेर मित्रताको बाटो समाऔं!
✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

@ ६७

सबै जना हर्षित हुनु होला यो दशैमा,
दुःख कष्ट र पीडा नपरोस् हामी कसैमा।

गाउँ घरमा आयो चाडपर्व,
सबैको घरमा छायो नि गर्व।
✍️ सुशील बियोगी घायल
शिखर नगरपालिका ११ डोटी,
हाल चन्नै

@ ६८

हामी परदेशीलाई न त दशैंँ न तिहार,
रुवाउन मलाई किन आउँछ बारम्बार।

रुवाउन फेरि आएछ दसैँ परदेशी,
खुशीहाली छाएछ हाम्रो त गाउँबेसी।
✍️ जगत थापा, बझाङ्ग

@ ६९
१.
नेपाल एकिकरणको उत्सव पर्व
बिजया दशमी नेपाली मात्रको गर्व।
२.
हनुमानढोकामा भित्र्याएर गोर्खाबाट फूल पाती
तामझामले मनाइने विजया दशमी पर्व जाती ।
✍️ बिके माकजु , भक्तपुर ।

@ ७०
१.
दसैँ र तिहार मनाऊँ है झिलीमिली,
आफन्त र साथीभाइ सबै मिलीमिली।
२.
दसैँमा कसैलाई पनि दशा नलागोस्,
अग्रजको आशिकले सबै दुःख भागोस्।
✍️मिलन माझी,
पूर्व डुवर्स,कालचिनी,भारत

@ ७१
१.
दसैँको खुशीयाली सदा घर घरमा आओस्
सबैको मुहारमा उत्साह र उमङ्ग छाओस्।
२.
आ-आफ्नो औकात अनुसार चाड मनाऔँ
परिवार जम्मा भएर दसैँमा रमाऔ।
✍️ दुर्गा भट्टराई, मोरङ

@ ७२

दसैँले सबैको घरमा खुशी ल्याओस्
नेपाली भूमिमा हर्ष उमङ्ग छाओस्।

निधारभरि टीका कानमा जमरा लाउँदा
रमाइलो भयो घरमा परदेशी आउँदा ।
✍️ बिना रोका, घोराही दाङ्ग।

@ ७३
१.
चाडबाडलाई विकृतिमुक्त बनाऔँ,
हैसियतअनुसार यो दसैँ मनाऔँ।
२.
नखेलौं जुवा र तास,मदिरा हटाऔँ,
आशीर्वाद लिनेदिने दक्षिणा घटाऔँ।
✍️ भूषण जंग, अष्ट्रेलिया

@ ७४
१.
हिन्दुहरूको महान चाड बडादशैं आयो,
रनबन गाउँघर झलमल सब छायो ।
२.
प्रदेशीको दशैं सदैव रहरै रहरमा,
गुलामीछन् विदेशमा ती कहरै कहरमा।
✍️ ऋषिराम खानाल,
मध्यविन्दु ६, नवलपुर

@ ७५
१.
दसैँमा घर सम्झेर आउने लाहुरेको छ ताँती।
बिदा नपाउँदा खेरि पोल्छ यो परदेशीको छाती।
२.
घरको याद आउँदा खेरि सम्झी सम्झी रुन्छ,
भौतिक शरीर यता भए मन त्यतै हुन्छ ।
✍️राम रावल (सागर)
अत्तरिया, कैलाली

@ ७६
१.
हर्ष उल्लास लिएर हाम्रो आँगनमा नै बडादसैँ छायो
मान्यजनको आशिर्वाद निधारमा टीका थाप्ने दिन आयो ।
२.
दुर्गा माताको आशीर्वादले सधैँ संसार जगमग भै उठोस्,
बर्ष दिनमा आउने यो चाडमा चमेली मगमग भै फुलोस् ।
✍️ सुशील घिमिरे, सैनामैना-९,रुपन्देही

@ ७७
१.
आज सप्तमं हो कालरात्रीको पूजा गर्छौ,
दु:ख हटाऊ महागौरीको चरण पर्छौ।
२.
वर्षौ दिनको दसैँ हाम्रो खुशीयाली मनाउदै जाऔँ,
नौं दुर्गे भवानी माता सम्झेर टीका जमरा लगाऔँ।
✍️ कमला पाण्डे पराजुली, झापा चारआली

@ ७८
१.
दसैँ हिन्दुहरूको महान पर्व,
मनाऊँ लौ! खुशीले गरौं है गर्व।
२.
दशैंमा खुशी र सद्भाव जगाऊँ,
माता दुर्गेमा शान्त चित्त लगाऊँ।
✍️ परिक्रमा श्रेष्ठ, धरान

@ ७९
१.
दसैँ आयो तिहार आउला खर्चिलो नगरे,
यो मेला पर्वका लागि ठुलो रिनमा नपरे।

मेला पर्व समाजका गहना भनिन्छ दामी,
त्यसैले अनुशासित भई मनाउनु हामी।
✍️ सुरेशकुमार पान्डे, दाङ

@ ८०

दशैं तिहार रमाईलो चाड आउने
म प्रदेशीको मन अमिलो बनाउने।

न माथमा टीका न कानमा जमरा
प्रदेशीको जीवन भैदियो खतरा ।
✍️ जित बुढाथोकी छन्त्याल
बेलायत

@ ८१
१.
दसैँ आयो नै भन्छन् सुनसान छ चारैतिर,
सकस त परेको छैन कतै झुपडीनिर।
२.
दुःख सुख रमाऊ यस्तै छ मानव चोला,
नमरुञ्जेल त कहिले भरिँदैन झोला।
✍️ तेजप्रसाद खनाल, दाङ।

@ ८२
१.
दसैँले सबैमा दु:ख हटाएर सुखै ल्यावोस् ,
समस्त हिन्दुराज्यमा शान्ति र उमङ्ग छावोस् ।
२.
सबैको शिरमा जमरा र निधारमा होस् रातो टीका,
हामी कसैको पनि जीवनमा दसैँ नबनोस् है फिका ।
✍️ लक्ष्मी घिमिरे दाहाल
दमक, झापा

@ ८३
१.
कोरोना मुक्त बनौँ मिलेर सबै जना,
सुरक्षा साथ रमौं,सु-स्वास्थको कामना ।
२.
दशैं,दशा नबनोस्,कबै नहोस् सामना,
बडा दशमीको हार्दिक शुभकामना ।
✍️ मित्र कु. आचार्य
काठमाडौं

@ ८४
१.
गरिबको झुपडीमा पनि दसैँको रौनक छाओस् ,
धनीको महलमा झैं मिठो परिकार चाख्न पाओस् ।
२.
कहिलेकाहीँ दसैँ पनि खल्लो भोग्नुपर्ने रहेछ ,
आमाबाबु बित्दाको बरखीले शोक भोग्नु परेछ।
✍️ राजेश्वरी राजोपाध्याय
ललितपुर ।

@ ८५
१.
बा आमाको हातबाट नै टीका लगाएर,
खुशी हुन्थ्यो मुहार अनि पैसा समाएर।
२.
सुख समृद्धि घर परिवारमा छाअोस्,
चाडको बेला दुःखको खबर नआअोस्।
✍️ रविन भण्डारी
कानेपोखरी, मोरङ

@ ८६
१.
नमुछ्नूहोस् टीका ए मेरि आमा नराख्नुहोस् जमरा,
देशमा दशैको फूल फुल्यो परदेशमा भमरा।।
२.
निधारमा रातो टीका कानमा जमरा होस् सबैको यसै,
उमङ्ग साथ बिताउनु होला यसपालीको वडा दशँ।
✍️ बादल गुरुङ वियोगी
संखुवासभा,हाल काठमाडौं

@ ८७
१.
यो दसैँमा खुशी र हर्ष छाओस् ,
साथसाथै दुःख हटेर जाओस् ।
२.
यो दसैँको शुभकामना दिन्छु ,
ठूला वडाको आशीर्वाद लिन्छु।
✍️ सुशीला पौडेल

@ ८८
१,
परिवारसँग रमाउने परदेशीको मन,
सबैको इच्छालाई पुर्याउन कमाउँछ धन।
२.
भनेजस्तो खान छैन पेट छ भोको,
आमालाई सम्झेर उ धेरै भो रोको।
✍️ प्रसान्ती राई
सामसिङ्ग खासमहल (कालेबुङ)

@ ८९
१.
तिम्रो दसैँ यस्तो भयो मीठो पाकेन,
नयाँ नाना किन्न पनि इच्छा लागेन।
२.
बगाकै छौ पसिनाको नीलो धारा तर,
समयले मेख मार्‍यो चुल्हो चीसो छ र।
✍️ कृष्ण देव रिमाल,
काठमाडौं

@ ९०
१.
धनीमानी लाई त हुने रहेछ रङ्ग अनि रसै,
गरिवलाई त पीडा मात्रै रहेछ यो पापी दसैँ।
२.
हुनेखानेले किनेर ल्याए ठुला ठुला खसी,
हामी दुखिको दसैँ बित्छ त्यतिकै रुँदै बसि।
✍️ गणेश तामाङ वाइबा
धादिङ, नेपाल।

@ ९१
१.
असत्यले घुँडा टेकी सत्य सधैँ उच्च बनोस् ,
सद्भावले सबैलाई मित्रहरू मानी गनोस् ।
२.
घाँटी हेरी हाड निलौँ फजुल खर्च गर्नुहुन्न ,
दसैँको नाममा ऋणको पीरले नि मर्नुहुन्न ।
✍️ गंगा खड्का, बुढानिलकण्ठ काठमाडाैं

@ ९२
१.
दसैँ बोलाउनु पर्दैन, समय र साइतमा आउँछ खुरुखुरु,
उत्साह र उमङ्गले रमाउने धेरै हुन्छन्, थोरै रुन्छन् धुरुधुरु।
२.
हिन्दुहरू सबैले मान्ने दसैँ हाम्रो साझा पर्व,
सँस्कृतिमा धनी हामी यही नै नेपालीको गर्व।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
बूढानीलकण्ठ १, काठमाडौँ

@ ९३
१.
मैले दसैँ मान्छु उसलाइ दसा लाग्छ
म खुसी छु ऊ त भौतारी हेर भाग्छ।
२.
मेरो पर्व हो उसलाइ दुख्छ टाउको
कुरा ठूलो भएनि बुद्धि छ पाउको।
✍️ रघु न्यौपाने, पोखरा

प्रतिक्रिया
Loading...