
रमेश श्रेष्ठ
आयो चाड र पर्व दौडिकन ए, आयोब दशैँ उत्सब।
यो हाम्रो मन दङ्ग हुन्छ किन हो? यै चाड आयो जब।
हर्षोल्लास उमंगले स्वजनमा, छाओस समृद्धि रे।
खाए स्वस्थ नखानु मादक कुनै, आओस सद् बुद्धि रे।।
मौलाओस दुबो समान सबका, आशा र इच्छाहरु।
अग्लो होस इमानका कदहरु, यै हुन् सुभेच्छाहरु।
आकाशै छुन अग्लिए जुनकिरी, हुन् चन्द्रमाकै शिर।
घाँटी हेर्नु र हाड निल्नु सहजै, व्यार्थै नहुन् आखिर।।
आनन्दी मनमा बढोस सबका, हुन चाहना सुन्दर।
चिन्ता मुक्त भए समस्त जनहो, यै कामना सादर।
आफ्नै देश फिरे लु बन्धु जनहो, मानौँ दशैँ उत्सब।
भेटौँ भाइ र बन्धु साथ सगमा, संयोग जुट्ला जब।।
कोदो धान झुले फुले मखमली, हो सार समृद्धिको।
हुन् सुख्साध्य समान जीवन सदा,संसार यो सिद्धिको।
आयुर्द्रोण सुते जसै असिम होस् शत्रुक्षयै हुन् सबै।
ऐश्वर्यै बल शान मान अगमै, किर्ती बने गज्जबै।।
चौतारा, साँगाचोकगढी नगरपालिका-८
इर्खु, सिन्धुपाल्चोक



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










