साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

बाछिटा प्रकाशनमाला- ८

बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप, दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।

बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा गरिन्छ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्छ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ ।

बाछिटाको तीन पङ्क्तिबिच भाव र अर्थगत सामञ्जस्यता हुनैपर्छ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ ।

बाछिटालेखनमा उल्लिखित मान्यताको सर्वोपरि महत्त्व रहेको छ। तीन-पाँच-तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । बाछिटा काव्यिक उपविधा हो । यसको लेखन सहज पनि छ र असहज पनि छ । बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्न सकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्न सक्छ । साथै मानवजीवन र मानवजीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतीकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवनभोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटालेखन सहज बन्छ ।

अमर त्यागी

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन् । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपोस्टको “बाछिटा प्रकाशनमाला-७ मा बाछिटालेखनमा सक्रिय अभियन्ताहरू आचार्य नारद सुदामा, केशव बैरागी माइलो, रोशन पराजुली, केशव न्यौपाने र मधु घिमिरे पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन् । यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमशः प्रस्तुत गरिनेछन् । सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहत् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो ।
-अमर त्यागी

१.  आचार्य नारद सुदामा

आचार्य नारद सुदामा

पियार
वसन्तोत्सव
विहार

वसन्त
मदनोत्सव
जीवन्त

विशाल
इन्धन शक्ति
वैशाख

यौवन
ग्रीष्मको सौर्य
ओधान

ग्रीष्म छ
सर्पको दाँत
तीक्ष्ण छ

प्रगाढ
उद्यामी दीप्ति
आषाढ

उमङ्ग
सृष्टिको शोभा
वर्षाङ्ग

वृष्टिमा
हर्षोल्लास छ
सृष्टिमा

किरण
अरुणी प्रभा
श्रावण

असोज
शरद्‌को ऋतु
कार्तिक

पहाड
पर्वोत्सवको
बहाड

अधर
फुल्ने पद्मका
नजर

<><><>

२. केशव वैरागी माइलो

केशव वैरागी माइँलो

बस्तीमा
स्याल रजाईँ
मस्तीमा

इमान
सर्वोच्च शान
सिरान

रसिलो
बैँसको फूल
कसिलो

अमर
सृजना कर्म
समर

चिउला
बढेर बैँस
कोपिला

मर्दले
संसार थेग्ने
दर्दले

विधान
रीतिथितिको
उद्यान

आकाश
अनन्त उच्च
विश्वास

शान्तिको
बाटिका अन्त्य
क्रान्तिको

लहरो
जाल दुःखको
टहरो

चीत्कार
पैह्रोमा बस्ती
धिक्कार

मृदुल
प्रणयपुष्प
विमल

<><><>

३. रोशन पराजुली

रोशन पराजुली

देशमा
सङ्कटघडी
द्वेषमा

सुविधा
शङ्काको घेरा
द्विविधा

पाप भो
रक्तबलिको
सखाप

सम्बन्धित पोस्टहरु

संस्कृति
भित्रको जालो
कुरीति

प्रकाश
संस्कार भाव
सद्भाव

विज्ञान
जीवनज्योति
सम्मान

उज्यालो
चेतना साख
प्रमाण

प्रभात
जवानी बास्ना
आभास

गृहमा
सुधार मुख
देहमा

शङ्काको
द्वेष डढेलो
लङ्काको

प्राणमा
आयुको वेग
त्राणमा

भाग्यको
भरोसा भिर
विधाता

<><><>

४. केशव न्यौपाने

केशव न्यौपाने

प्रीतको
वर्षा अनन्त
हितको

पर्वको
सौरभ स्वच्छ
हर्षको

प्रातमा
कर्मको ज्योति
माथमा

अर्तीको
निर्झर गाली
स्वार्थीको

किसानी
कर्म पुर्ख्यौली
निसानी

उत्कृष्ट
सोचमा जालो
निकृष्ट

बहार
हर्षले लाली
मुहार

इच्छित
फल अप्राप्ति
मूर्च्छित

बर्सात
चुहिने छानो
फसाद

निर्झरी
भावनापुष्प
मञ्जरी

गुरुत्व
सर्वोच्च श्रद्धा
महत्त्व

सुकृति
हरियोपन
संस्कृति

<><><>

५. मधु घिमिरे

मधु घिमिरे

सम्बन्ध
शिलाको चित्त
विच्छेद

सँगालो
मातृ ममता
पियारो

मदिरा
लक्ष्यका गरा
अधुरा

सदिच्छा
गगनचुम्बी
भावना

शारदी
प्रभाती लाली
पिरती

ओजस्वी
चेतना सूर्य
तेजस्वी

चिन्तन
भावनासिन्धु
मन्थन

मित्रता
सङ्कल्पबुटी
अथाह

अठोट
लक्ष्यका यात्रा
अटुट

बिहान
लाली मुस्कान
जवानी

पारखी
नेपाली पुर्खा
पौरखी

साहस
जाडाको सङ्गी
कपास

<><><>

 

लेखक परिचय
अत
अमर त्यागी
प्रतिक्रिया
Loading...