न तिमीले बुझ्यौ
न त मैले नै जान्न सकेँ…
हाम्रो विश्वासमा लागेको रोग
बस्,
आआफ्नै अहमताको कठघरामा उभिएर
थुनिदियौँ हाम्रो भरोसालाई
आरोपको जन्जिरभित्र ।
दिनदिनै मर्दै गएको सम्बन्धले
कसरी गिज्याउँछ हामीलाई,
थाहा छ तिम्लाई … ?
फेरि पनि,
न तिमी गल्ती स्विकार्छौ,
न म जिद छोड्न नै तयार छु !
हामीलाई त केवल
दोषारोपणको अदालतमा
अहङ्कारको सुनुवाइ सुन्नु छ
बस् ……………!
मेरो हठको इजालसमा तिमी हाऱ्यौ
तिम्रो घमन्डको इजालसमा म हारेँ
तर …
अबोध प्रेमको अदालतमा
हामी दुवै हाऱ्यौँ …..।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला