

माधव सुवेदी (असम)
मान्छे नै मान्छेको घुइँचोमा
बाँच्न तानाबाना
धेरै मिलाउनु छ ।
खेतीको त्यो तल्लो डाँडोमा
गरैगरा मिलाएर
धेरै अनाज उब्जाउनु छ ।
कर्मको आधारमा
आफ्नै मुलुकमा कीर्ति
आफैँ कमाउनु छ ।
मान्छे नै मान्छेको घुइँचोमा
बाँच्न ताना बाना धेरै मिलाउनु छ ।
बठ्याइँ आफ्नो गर्नेले गरिरहून्
कोही तल झरेको देख्दा
खुच्चिङ पऱ्यो भन्ने पनि धेरै छन्
आफैँ जाँचिनु सारो छ
आफ्नै मापदण्डमा ।
अप्ठ्यारैअप्ठ्यारो छ सङ्घर्षको
मानवजीवनमा निद्राभरि
देखेका सपना साकार हुँदैनन्
सपना त जागै छँदा
देख्नु छ मान्छे नै मान्छेको घुइँचोमा
बाँच्न तानाबाना धेरै मिलाउनु छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
