

आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ|
सधैं हेरिएका कुरा, वर पर का कुरा
देखिएका हुँदा रहेनछन|
आधी बाटो मा आँखा खुल्दा पो चेत आयो
बाटो पुरै गलत हिडिएछ,
हिडिसकेको बाटो फेरी हिंड्न नमिल्ने ||
बिना अर्थ उचाइ को पछि लागिएछ
जीवन त गहिराइमा हुदो रहेछ,
पहाड हरु ले झुक्काउने रहेछन
हो भ्रमका पहाड हरुले
आफ्नो पहाड त आँफै भित्र पो हुदो रहेछ||
—-
बिरौटा १७ पोखरा




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू