साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पीडा आफैँ मासिन्छन्

कविता

Chovar Blues Mobile Size

 

हिउँदको शान्त र भद्र
कालो रातमा
आकाशको उचाइबाट
झर्ने हिउँका बुंदहरू
आफू झर्नुको पीडा
पोखिरहेका हुन्छन् ।
मजस्तै अबुझ ति
हिउँका बुंदहरूलाई के थाहा ?
पीडा आफैँ मासिन्छन् ।

लाग्छ एक आवाजको
खोजी गरिरहेका छन्
अनुभूत हुन्छ कि
मसँग कुरा गर्न खोजिरहेका छन्
सायद सहानुभूती साट्न चाहान्छन्
मजस्तै अन्जान ति
हिउँका बुंदहरूलाई के थाहा ?
पीडा आफैँ मासिन्छन् ।

हिउँका बुंदहरू जो
घामको मसिनो किरणले
तहस नहस हुन्छन्
पक्कै तिनीहरूसँग
असङ्ख्य शब्द छन्
अबोदध्य भाव छन्
र कयौँ अस्वीकृत चित्कार छन्
म जस्तै विरक्त ति
हिँउका बुंदहरूलाई के थाहा ?
पीडा आफैँ मासिन्छन् ।

हिउँ जसले प्रकृतिलाई
सेतो च्यादर ओढाइदिन्छ
आफूसँग बोकेर ल्याएको
विशाल आकासको त्यो
गाडा निलो रङ्गले यो
धरती रङ्गाइदिन्छ ।

जब जूनले शीत
पोखिदिन्छ हरेक रात
तब सूर्य धूप बोकेर उदाउँछ हरेक बिहान ।
र त जिउने वहाना मिल्छन्
अनि सहर्ष हाम्रा
पीडा आफै मासिन्छन् ।

 

प्रतिक्रिया
Loading...